सडक मर्मत र पूर्वाधार विकासका लागि अर्बौँ बजेट विनियोजन

काठमाडौं,१५ जेठ । सरकारले महाकाली करिडोर अन्तर्गत दार्चुला–टिङ्कर सडक खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकतामा राखेको छ । शुक्रबार आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त घोषणा गर्नु भएको हो। अर्थमन्त्री वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती करिडोर तथा खुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइने बताउनु भयो । साथै काठमाडौं चक्रपथ विस्तारअन्तर्गत कलंकी–बसुन्धारा खण्ड विस्तारको काम आगामी वर्षबाट सुरु गरिने र बसुन्धारा–चाबहिल–कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने जानकारी दिनु भयो ।

 

सरकारले कर्णाली क्षेत्रको जनजीवन सहज बनाउन जाजरकोटको मुलसामदेखि जुम्लाको टोप्लासुरुङ मार्गसम्म सुरुङ सडक निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस्तै खुर्कोट–चियाबारी, थानकोट–चित्लाङ तथा चिसापानी–बवैया सुरुङमार्ग निर्माणका लागि पनि अध्ययन अघि बढाइने बजेटमा उल्लेख छ । सडक सुरक्षालाई प्राथमिकता दिँदै प्रमुख सडक चोकमा ट्राफिक संकेत, चोक सुधार, सडक रेखांकन, डिभाइडर जडान तथा मर्मत कार्यलाई निरन्तरता दिन सरकारले २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । रेल पूर्वाधारतर्फ बर्दिवासदेखि काठमाडौं–तराई मधेस द्रुतमार्गको प्रस्थान विन्दुसम्म रेलमार्ग निर्माण कार्य अघि बढाइने भएको छ ।

साथै निर्माणाधीन विराटनगर–जनकपुर तथा जयनगर–बर्दिवास रेलमार्गको बाँकी काम सम्पन्न गर्न पनि बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताउनु भयो । सरकारले आगामी वर्षदेखि काठमाडौं उपत्यकासहित प्रमुख सहरी सडकलाई नियमित मर्मत सम्भार गरी धुलो तथा खाल्डाखुल्डीमुक्त बनाउने योजना अघि सारेको छ । राष्ट्रव्यापी सडक मर्मत अभियान सञ्चालन गर्न २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायुअनुकूल संरचना निर्माण गरिने तथा पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन ३ अर्ब १७ करोड रुपैयाँ छुट्याइएको छ ।
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसिटिभीसहितको आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने पनि सरकारले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नयाँ पञ्च ईभी , चाडपर्वको उपहार मात्र होइन, नयाँ पुस्ताको रोजाई पनि

काठमाडौं,१९ असोज । नेपालमा चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल पनि बढेको छ । दशैँ, तिहार हुँदै छठसम्म चल्ने यही उत्सवको माहोललाई अझ विशेष

निगमको मुख्य समस्या महँगो ब्याज, सरकारबाटै उठ्न बाँकी १३ करोड ७५ लाख

काठमान्डौ,१९ असोज।नेपाल वायुसेवा निगमले महँगो ब्याजदर र ठूलो ऋण दायित्वका कारण वित्तीय संकट झेलिरहेको जनाएको छ। संसद्को अन्तर्राष्ट्रिय सaम्बन्ध तथा पर्यटन समितिको बैठकमा निमित्त महाप्रबन्धक

युवालाई कामदार होइन, उद्यमशीलताका साझेदार बनाउने कांग्रेसको नीति

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसले मुलुकको आर्थिक विकासको केन्द्रमा विदेशमा अवसर खोजिरहेको युवालाई राख्दै उनीहरूलाई श्रम बजारका कामदार मात्र नभई उद्यमशीलता र सम्पत्ति सिर्जनाका साझेदार

कांग्रेस उम्मेदवार छनोटमा कडा मापदण्डको प्रस्ताव

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धताको

झापा–इलाम सीमामा सुरक्षा निगरानी कडा

झापा,१९ असोज।  जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा चोरी–निकासी, तस्करी र राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको

सभापति गगन थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ। काठमाडौंको खुलामञ्चमा जारी