प्रधानमन्त्रीको भिव्यक्तिले शिर निहुरिएको महसुस भयो : निश्कल राई

काठमाडौं ,१८ जेठ। नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने अभिव्यक्ति दिएको विषयले आफू मात्र नभई सम्पूर्ण नेपाली नागरिकको शिर निहुरिएको महसुस भएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘आज यो संसदमा उभिँदा मेरो शिर निहुरिएको महशुस भएको छ । हिजो मात्र यो गरिमामय सदनको रोष्टममा उभिएर प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन करिब तीन करोड आम नेपाली नागरिकको शिर निहुरिएको हुनुपर्छ ।’
उहाँले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर दिएको उक्त अभिव्यक्ति संसदको अभिलेखमा दर्ज भइसकेको र नजिरका रूपमा स्थापित भएको उल्लेख गर्नु भएको छ । प्रधानमन्त्रीको भनाइप्रति सत्तापक्षका सांसदहरूले ताली बजाएकोप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले भन्नु भयो, ‘रोष्ट्रममा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो नेपालले पनि भारतको पनि जग्गा मिचेको छ, यो संसदमा रेर्कड भएको छ । यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ । जसमा बडो गर्वका साथ सत्तापक्षका माननीयज्यूहरुले बर्वर ताली पड्काउनुभयो । उहाँहरुलाई पनि मेरो प्रश्न छ अलिकति आत्माग्लानी यहाँहरुलाई पनि हुनुपर्छ ।’

सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफ्नो ‘नोट अफ डिसेन्ट’ रहेको जनाउँदै नेपालले भारतको कुन–कुन क्षेत्रमा सीमा मिचेको हो भन्नेबारे संसदमै एक–एक इन्चको हिसाब दिन प्रधानमन्त्रीलाई चुनौती दिनुभयो ।
उहाँले भन्नु भयो, ‘सार्वभौम संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ । फेरि यहीं संसदको रोष्ट्रममा उभिनुपर्छ र नेपालले कहाँ कहाँ भारतको सिमा मिचेको छ भनेर एक एक इन्चको हिसाब हामीलाई दिनुपर्छ । हामीलाई हिसाब चाहिन्छ । यो राष्ट्रिय स्वाभिमानको र सुरक्षाको विषय हो । भोली भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने कुन जग्गा फिर्ता दिने रु प्रधानमन्त्रीको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालय यस विषयलाई क्रस बोर्डरसँग सम्बन्धित छ भनेर भनिरहेको छ । जमिन मिचेको विषय कसरी क्रस बोडर अकुपेशन हुन्छ ? यति सामान्य ज्ञान त परराष्ट्रमन्त्रीज्यूलाई हुनुपर्ने हो । रोष्टममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहित विपरित छ ।’

उहाँले भविष्यमा भारतले नेपालले मिचेको भनिएको भूमि फिर्ता मागे नेपालले कुन भूभाग फिर्ता दिने भन्ने प्रश्नसमेत उठाउनु भएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै परराष्ट्र मन्त्रालयले यसलाई ‘क्रस बोर्डर’ विषयसँग जोडेर व्याख्या गरिरहेको भन्दै राईले आलोचना गर्नु भयो । ‘जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ ? यति सामान्य ज्ञान त परराष्ट्रमन्त्रीलाई हुनुपर्ने हो,’ उहाँले भन्नु भयो । सांसद राईले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिलाई चरम अपरिपक्व र राष्ट्रहितविपरीत भएको टिप्पणी गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय