दिन प्रतिदिन बलात्कारका घटनाहरू बढ्दै

प्रदेश १ मा बलात्कारका घटना कम गर्न सांसदको माग बलात्कारीलाई फाँसीको  सजाय

 

 

 

विराटनगर : प्रदेशसभा १ का महिला सांसदहरूले बलात्कारका घटना कम गर्न विद्यालयस्तरको पाठ्यक्रममा नै सुरक्षा विषय राख्नुपर्ने माग गरेका छन्। यस्तै‚ बलात्कारीलाई फाँसीको सजाय दिए यस्ता घटना कम हुने धारणा राखेका छन्।

नेपाली कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएको ज्योति सुब्बाले बलात्कारका घटना कम गर्न विद्यालयका पाठ्यक्रममा सुरक्षाको विषय समावेश गर्नुपर्ने धारणा राखेकी छन्। बिहीवारको प्रदेश सभा बैठकको शून्य समयमा सुब्बाले पछिल्लो समय प्रदेश १ मा बलात्कारका घटना हुँदै आएकाले त्यस्ता घटनाबाट बच्न बालबालिका सुरक्षा शिक्षा पाठयक्रममा नै समावेश गरिनुपर्ने माग रोखकी हुन्। साथै‚ उनले बालबालिकाको आत्मरक्षा विषयमा अभिभावकलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम गराउनुपर्ने बताइन्।

‘प्रदेश १ मा दिन प्रतिदिन बलात्कारका घटनाहरू बढ्दै गएको छ, यसको न्यूनीकरणका लागि बालबालिका सुरक्षा विषय पाठ्यक्रममा नै समावेश गरिनुपर्छ‚’ सांसद सुब्बाले भनिन्, ‘अभिभावकलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेर यस्तो विषयमा सचेत गराउनुपर्ने आवश्यकता छ।’

यस्तै‚ कांग्रेस सांसद बिन्दिया कार्कीले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गरेकी छन्। फाँसीको व्यवस्था भए पुनः अपराध गर्न हिम्मत नगर्ने उनले बताइन्। उनले भनिन्, ‘बलात्कारीलाई फाँसीको सजाय भएको भए फेरि गर्न डराउने थिए।’

सांसद कार्कीले मोरङको लेटाङमा यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गर्दै भएको प्रदर्शनमा खटिएकी महिला प्रहरीले नै ज्यान गुमाउनु परेको बताउँदै यसमा कसको कमजोरी रह्यो भनी प्रश्नसमेत गरिन्।

‘एउटा शिक्षकको कारण भएको आन्दोलनलाई रोक्न जाँदा एउटी महिलाको सुरक्षा गर्न गर्न जाँदा महिला प्रहरीले नै ज्यान गुमाउनुपर्ने?’ सांसद कार्कीले भनिन्‚ ‘हामीले सुरक्षामा पनि केही कमिकमजोरी गरेका छौँ कि?’

१८ महिने नाबालिकादेखि वृद्धासम्म बलात्कारको सिकार भइरहेको र पीडितहरू  समाजमा खुलेर हिँड्डुल गर्ने अवस्था नभएकाले उनीहरूको सुरक्षाका लागि छुट्टै बजेट छुटयाउन पनि माग गरिन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व