प्रखर महिला वक्ता बनाउदै दमक ६

दमक,२० जेठ। “बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन“ भन्ने उखान नेपाली समाजमा निकै प्रचलित छ। वर्तमान समयमा ज्ञान र सीप भएर मात्र पुग्दैन, त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने ’वाक कला’ (बोल्ने क्षमता) नहुँदा धेरै योग्य मानिसहरू पनि पछि परिरहेका हुन्छन्। यही समस्यालाई मध्यनजर गर्दै दमक नगरपालिका वडा नं. ६ कार्यालयले वडाका महिलाहरूलाई लक्षित गरी ४ दिने उद्घोषण तथा क्षमता विकास तालिम सुरु गरेको छ। “औद्योगिक, पर्यटकीय र हरित नगरः स्वच्छ, सुरक्षित र समृद्ध दमक“ भन्ने मूल नाराका साथ बुधबारदेखि सुरु भएको यस कार्यक्रममा स्थानीय महिला दिदीबहिनीहरूको उत्साहजनक र उल्लेखनीय सहभागिता रहेको छ। केही नयाँ कुरा सिकेर समाजमा आफ्नो बलियो पहिचान बनाउने उत्सुकता सहभागी महिलाहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो।

वडाबासीकै माग र दैनिक जीवनमा सहजताको अपेक्षा राख्दै वडा कार्यालयले विभिन्न सामाजिक गतिविधि र सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा यस पटक वडाबासी दिदीबहिनीहरूकै विशेष माग अनुसार यो तालिमको आयोजना गरिएको हो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सचिव प्रकाश घिमिरेले यस तालिमले महिलाहरूको दैनिक जीवनलाई सहज बनाउनुका साथै आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्नुभएको छ। “यस कार्यक्रमबाट महिला दिदीबहिनीहरूले आफ्नो क्षमता विकास गरी आगामी दिनमा विभिन्न औपचारिक तथा सामाजिक कार्यक्रमहरू आफैं सञ्चालन गर्न सक्नुहुनेछ भन्ने हामीले अपेक्षा राखेका छौँ।“

तालिमको उद्घाटन गर्दै वडा नं. ६ का वडा अध्यक्ष टेक बहादुर थापाले सिकाउने गुरुभन्दा पनि सिक्ने चेलामा दृढ इच्छाशक्ति हुन जरुरी रहेको बताउनुभयो। समाजमा बोल्ने कलाको अभावमा महिलाहरूले भोग्नुपरेको संकोच र समस्यालाई यो तालिमले चिर्ने उहाँको भनाइ थियो। अध्यक्ष थापाले भन्नुभयो— “औपचारिक कार्यक्रमहरू कुशलतापूर्वक सञ्चालन गर्न सक्ने, बोल्ने शैलीमा सकारात्मक परिवर्तन ल्याउने र समाजलाई नेतृत्व दिन सक्ने बनाउनु नै यो तालिमको मुख्य उद्देश्य हो।“ उहाँले सहभागीहरूलाई ४ दिनसम्मको समयलाई पूर्ण सदुपयोग गरी तालिमको समापन कै दिन आफैं कार्यक्रम सञ्चालन गर्न सक्ने गरी क्षमता अभिवृद्धि गर्न आग्रह समेत गर्नुभएको छ।

लामो समयदेखि सार्वजनिक ठाउँमा उभिएर बोल्न डर लाग्ने वा संकोच मान्ने गरेका महिलाहरूका लागि यो तालिम एउटा सुनौलो अवसर बनेको छ। ४ दिने यस तालिमले सहभागी महिलाहरूको नेतृत्वदायी क्षमता विकास गरी उनीहरूलाई आत्मनिर्भर र प्रखर वक्ता बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा वडा कार्यालयले राखेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Jak odzyskać hasło do logowania w Vox Casino?

Jak odzyskać hasło do logowania w Vox Casino? W artykule omówimy krok po kroku, jak odzyskać hasło do logowania w Vox Casino. Jeśli kiedykolwiek zapomniałeś

फुइयाको फुरफुर – ३६

उसले नेता हेर्यो। क्रान्ति, त्याग, सङ्घर्ष का गाथा बोकेका। हरेक नेताको आफ्नै कथा छ। आफ्नै गाथा छ। आफ्नै विचार छ, आफ्नै कला छ। कसैले ताली

भोटेकोशी बाढी अपडेट : १ हजार ४५५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ ।   जसमध्ये रसुवामा

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

सम्बन्धित समाचारहरू