मन्त्री पदबाट बिदा हुने विषयमा आधिकारिक जानकारी प्राप्त भएको छैन : मन्त्री मेहेता

काठमाडौं,२४ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गर्नु भएको छ ।

आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयोजनागरी मन्त्री मेहेताले सञ्चारकर्मीहरूसँग सुझाव सहितको छलफल गर्नु भएको हो ।

छलफलमा मन्त्री मेहेताले मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन सञ्चारकर्मीहरूसँग नियमित छलफल र सुझाव आदानप्रदान गर्ने बताउनु भएको छ ।

उहाँले सरकारको १०० बुँदे कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुँदा यसअघि यस्तो अन्तरक्रिया गर्न नसकिएको स्वीकार गर्नुभयो । अब भने हरेक १५ दिन वा एक महिनाको अन्तरालमा सञ्चारकर्मीहरूसँग नियमित रूपमा छलफल गरिने उहाँको भनाई छ ।

उहाँले भन्नु भयो,‘हामीले यस्तो छलफल अलि पहिले नै गर्नुपर्ने थियो तर सरकारको १०० बुँदे कार्यक्रममा ध्यान दिँदा यतातिर ध्यान दिन पाइएन । अब निरन्तर रूपमा यस्ता छलफल गर्नेछौँ। सुझाव पनि लिनेछौँ र आएका सुझाव तथा सल्लाहलाई आत्मसात् गर्दै अघि बढ्नेछौँ।’

कार्यक्रममा सञ्चारकर्मीहरूले मन्त्रालयका कामकारबाही, स्वास्थ्य सेवा, खाद्य स्वच्छता तथा स्वास्थ्य बीमालगायत विषयमा विभिन्न सुझाव दिएका थिए। मन्त्री मेहेताले मन्त्रालयका कमी–कमजोरीबारे उठेका विषयलाई पनि सकारात्मक रूपमा लिँदै सुधारका लागि पहल गरिने बताउनु भएको छ।

उहाँलाई मन्त्री पदबाट बिदा हुन लागेको भन्दै पत्रकारले पनि प्रश्न गरेका थिए । त्यसको जवाफमा उहाँले हालसम्म आफूलाई त्यससम्बन्धी कुनै आधिकारिक जानकारी प्राप्त नभएको स्पष्ट पारिन्।

‘आधिकारिक रूपमा त्यस्तो केही आएको छैन,’ उहाँले भन्नु भयो।

त्यस्तै मन्त्रालयका सचिव डा। विकास देवकोटाले स्वास्थ्य बीमा सुधार सरकारको प्राथमिकतामा परेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमका लागि बजेट उल्लेखनीय रूपमा बढाइएको जानकारी दिनु भएको छ।

उहाँले भन्नु भयो,‘बीमा सुधारको विषय अहिले सरकारको प्राथमिकतामा परेको छ । विगतका वर्षमा करिब साढे सात अर्ब रुपैयाँ बजेट विनियोजन हुने गरेकोमा आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ । त्यसैले स्वास्थ्य बीमा क्षेत्रमा सुधार हुने अपेक्षा गरेका छौँ । ’ उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, दिगो र नागरिकमैत्री बनाउन मन्त्रालयले आवश्यक सुधारका कदम अघि बढाइरहेको पनि जानकारी दिनु भयो। सञ्चारकर्मीहरूसँगको छलफलबाट प्राप्त सुझावहरूले स्वास्थ्य क्षेत्रका नीति तथा कार्यक्रमलाई थप परिष्कृत बनाउन सहयोग पुग्ने विश्वास मन्त्रालयको रहेको उहाँले बताउनु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय