भारतको नयाँ नियमले नेपाली चिया संकटमा

इलाम,३१ जेठ।नेपाली चियामा भारतले कडा प्राविधिक झन्झट थपेपछि इलामको सूर्योदय क्षेत्रका तिरपन्न वटा अर्थोडक्स चिया उद्योगहरू आगामी असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुने भएका छन्। तिरपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले बाध्य भएर यो आत्मघाती निर्णयको घोषणा गरेको हो। भारतले सन् २०२६ मे १ देखि लागू गरेको नयाँ ’स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (क्इए) का कारण नेपाली चिया भारतीय नाका र गोदामहरूमा अलपत्र परेको छ। नयाँ नियमअनुसार हरेक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र रिपोर्ट नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। यति मात्र होइन, कोलकाता पुगेका नेपाली चियाका बोराहरूबाट समेत नमुना संकलन गरेर ल्याब टेस्टको नाममा हप्तौँसम्म रोकेर राखिएको छ।

उद्योगीहरूका अनुसार अहिले भारतीय बजारमा ३ लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगहरूमा ७ लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण क्षमता पूर्ण रूपमा भरिएपछि उद्योगीहरू चिया खरिद गर्न नसक्ने अवस्थामा पुगेका हुन्। (सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष— डिल्ली श्रेष्ठ भन्नु हुन्छ, “किसानबाट हरियो पत्ती खरिद गरेर चिया त बनायौँ, तर बजार ठप्प छ। गोदाम भरिए, किसानलाई भुक्तानी रोक्न मिल्दैन, त्यसैले उद्योग बन्द गर्नुबाहेक हामीसँग अर्को विकल्प नै रहेन।“

यो बन्दको सीधा असर सूर्योदय नगरपालिकाका २ हजार ९ सय पन्चनवे चिया किसान र उनीहरूको आश्रित परिवारमा पर्ने भएको छ। यहाँ तेतीस हजार ६ सय पचपन्न रोपनी क्षेत्रफलमा चिया खेती हुन्छ, जहाँबाट वार्षिक २ करोड किलो हरियो पत्ती उत्पादन हुन्छ। किसान राजन भट्टराई गुनासो गर्नुहुन्छ— “उद्योग बन्द भएपछि हाम्रो हरियो पत्ती बिक्दैन। हाम्रो त रोजि रोटी नै हरायो, अब परिवार कसरी चलाउने, कसरी बाँच्ने?“

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ, जसको ९० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजारमा जान्छ। इलाम, पाँचथर र धनकुटामा उत्पादन हुने सवा ४ अरब रुपैयाँभन्दा बढीको यो निर्यात व्यापार अहिले पूर्ण रूपमा धराशायी हुने मोडमा पुगेको छ। झन्झटिलो प्रक्रियाले गर्दा गोदाममै चिया कुहिने र गुणस्तर ह्रास हुने जोखिम बढेको छ।

समस्याको गम्भीरतालाई हेर्दै सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बराल सहित स्थानीय जनप्रतिनिधि र उद्योगी गोपाल कट्टेलले नेपाल सरकार, विशेषगरी परराष्ट्र मन्त्रालयसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गर्नु भएको छ्। यदि सरकारले बेलैमा भारतसँग संवाद गरेर यो प्राविधिक अवरोध हटाउन सकेन भने नेपालको अर्बौँको चिया बजार सदाका लागि गुम्नेछ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय