रक्तदान कार्यक्रम

११ औं वार्षिक उत्सवको अवसरमा विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

झापा/ एघारौं वार्षिक उत्सवको अवसर पारेर आज झापाको दमकमा विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले नेपाल रेडक्रस सोसाइटी दमक सँगको प्राविधिक सहकार्यमा खुला रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

दमक ६ स्थित कार्यालय रहेको उक्त सहकारी संस्थाले आफ्नै कार्यलय अगाडि दमकको गणतन्त्र चोकमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका व्यवस्थापक हरी प्रसाद दाहालका अनुसार ६३ जना सहभागि रक्तदाताबाट ६३ पाउण्ड रगत संकलन भएको छ ।

यसरीनै आगामी वर्षहरुमा पनि समाजमा टेवा पुर्याउने हेतुले सामाजिक कार्यहरुमा संस्थाले सहयोग गर्ने संस्थाका अध्यक्ष अशिम राइले प्रतिवद्धता गर्नुभएको छ । हाल बिभिन्न अस्पतालहरुमा रगतको अवाभ भइरहेको अवस्थामा वार्षिक उत्सवको पारेर गरिएको रक्तदान कार्यक्रमले धेरै मानिसको ज्यान बचाउन मद्दत पुग्ने अध्यक्ष राइले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इतिहास भएर पुस्तकमा बाँचिरहनु भाइ

इतिहासमा पुस्तक बन्दै खास भयौ तिमी । छोइरहेनि नदेखिने बतास भयौ तिमी । ‘भाइलाई प्रेसरले हान्यो अरे’ भन्ने खबर अचानक सुनियो । भनन्‌न रिंगटा लाग्यो

बृन्दाबन नगरपालिकाद्वारा अतिक्रमित संरचनामा डोजर

रौतहट,४ वैशाख । रौतहटको बृन्दाबन नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका दुईवटा घर शुक्रबार भत्काएको छ । नगरपालिकाको निर्माणाधीन आधुनिक प्रशासनिक भवनको काममा

रामेछापको ऐतिहासिक धोबी बजार फेरियो

रामेछाप,४ वैशाख । गाउँपालिकाको केन्द्र बनेसँगै रामेछापको ऐतिहासिक धोबी बजार बिस्तारै जुरमुराउन लागेको छ । रामेछापको साबिकको १ नं निर्वाचन क्षेत्रको केन्द्र मानिने धोबी बजार

झाडापखालाबाट कसरी बच्ने?

गर्मी महिनामा अरु मौसम भन्दा बढी बिरामी हुने गर्छन भने खानेकुराहरू नै दूषित तथा असुरक्षित भएका कारण पनी गर्मीमा धेरैजसो रोगहरू देखिने गरेका छन ।

मातातीर्थ औँसीमा कलाकारहरुको मार्मिक शब्द

काठमाडौं,४ वैशाख । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । भावनाले भरिएको यो विशेष दिनमा सर्वसाधारणदेखि कलाकारसम्म सबैले आफ्ना आमाप्रति प्रेम, सम्मान र कृतज्ञता

त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान सुरु

काठमाडौं,४ वैशाख । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने