सीमावर्ती क्षेत्रमा आवश्यक परे काँडेतारबार लगाउनुपर्ने सांसद तामाङको सुझाव

काठमाडौं,१ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र सीमा विवादसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सुस्ता क्षेत्रमा देखिएको पछिल्लो घटनाबारे स्पष्ट जानकारी दिन माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सुस्ताको समस्या नयाँ नभई लामो समयदेखि समाधान हुन नसकेको विषय भएको बताउनु भयो । उहाँले सुस्ता क्षेत्रमा गण्डकी नदीले धार परिवर्तन गर्दै जाँदा नेपालको धेरै भूभाग विवादित बनेको उल्लेख गर्नु भयो।

उहाँले भन्न्ुा भयो, ‘नेपालको सीमा सुरक्षा सम्बन्धी गम्भीर विषयमा सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सुस्ताको समस्या कुनै नयाँ समस्या होइन, यो धेरै वर्षदेखि अल्झिएको विषय हो । गण्डकी नदीले आफ्नो धार परिवर्तन गर्दै जाँदा सुस्ता क्षेत्रमा नेपालको धेरै जमिन विवादित बनेको छ ।’

उहाँले पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएको भन्दै घटनाको वास्तविकता के हो भन्ने विषयमा सरकारको धारणा माग गर्नुभयो। साथै, सरकारले यसबारे हालसम्म के–कस्ता कदम चालेको छ र आगामी रणनीति के छ भन्ने विषयमा संसदलाई स्पष्ट जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नु भयो, ‘पछिल्लो समय त्यहाँ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि तथा स्थानीय नागरिकलाई धम्क्याएको भन्ने समाचार सार्वजनिक भएका छन्। यस घटनाको वास्तविकता के होरु सरकारले यसबारे के–कस्ता कदम चालेको छ र आगामी रणनीति के छ भन्ने विषयमा स्पष्ट जानकारी लिन आवश्यक छ। ’

तामाङले लिपुलेक, कालापानी र लिम्पियाधुरा जस्ता क्षेत्र नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रूपमा जोडिएका संवेदनशील विषय भएको बताउनु भयो । उहाँले सीमा समस्या ती क्षेत्रहरूमा मात्र सीमित नरहेको उल्लेख गर्दै अन्य सीमा क्षेत्रमा पनि विभिन्न प्रकारका विवाद र चुनौती विद्यमान रहेको धारणा राख्नु भयो ।

उहाँले भन्न्ुा भयो, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा जस्ता क्षेत्रहरू नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएका संवेदनशील विषय हुन्। यस्ता समस्या केवल ती क्षेत्रहरूमा मात्र सीमित छैनन्। अन्य सीमा क्षेत्रहरूमा पनि विभिन्न प्रकारका विवाद र चुनौतीहरू विद्यमान छन्। कुनैपनि राष्ट्रको सार्वभौमिकताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता गर्नु हो। यदि राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ।’

उहाँले कुनैपनि राष्ट्रको सार्वभौमिकताको आधार आफ्नो भूभागको संरक्षण र सीमा सुरक्षाको सुनिश्चितता भएको बताउँदै राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न नसके देशको सार्वभौमिकतामाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिनु भयो ।

सांसद तामाङले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गर्न र आवश्यक कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारलाई आग्रह गर्नु भएको छ । आवश्यक परे नेपाल र भारतबीचको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने विषयमा समेत विचार गर्नुपर्ने उहाँको भनाइ थियो ।

‘सरकारले सीमा सम्बन्धी सबै विषयको सत्यतथ्य छानबिन गरी आवश्यक कूटनीतिक पहलसहित अघि बढोस् भन्ने आग्रह छ । आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा पर्खाल वा काँडेतारबार लगाउने व्यवस्था पनि गरियोस्,’ उहाँले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जर्मनीबाट ८ सयभन्दा बढी ऐतिहासिक नेपाली दस्तावेज नेपाल फिर्ता

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार

लेखक दीपेन्द्रको स्मृतिमा साहित्यिक साँझ हुने

पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको

एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

 काठमाडौं , १६ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर अघि बढाए अहिलेको धक्काबाट धेरै माथि उठ्न सक्ने दाबी गर्नुभएको छ ।

मुस्ताङका स्याउ बारीमा लटरम्म फल, सडक बन्द हुँदा किसानको चिन्ता बढ्यो

मुस्ताङ ,१६ असोज। मुस्ताङका बारीमा स्याउ लटरम्म पाकेका छन्, तर बजारसम्म पुर्‍याउने बाटो बन्द भएपछि किसान र व्यापारी चिन्तित बनेका छन्। बाढी, पहिरो र नदी

काठमाडौंमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना : साढे ३ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार पाँच सय ६ प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार आयोजित पत्रकार

बद्री अर्यालका दुई पुस्तक ‘आर्थिक दिग्दर्शन’ र ‘राजनीतिक दिग्दर्शन’ सार्वजनिक

काठमाडौं , १६ असोज। बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय