इस्वरी भुजेलको हत्या विरोधमा झापामा दीप प्रज्वलन

बिर्तामोड, ३ असार । ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापाले पत्नी ईश्वरी भुजेलको हत्या गरेको विरोधमा झापामा प्रर्दशन गरिएको छ । मंगलबार राती झापाको बिर्तामोडमा प्रर्दशन गरिएको हो । यहाँ रहेकोमञ्जुश्री असहाय संरक्षण केन्द्रले विर्तामोड स्थित गोमेन्द्र चोकमामा दीप प्रज्वलन गर्दैै मृतकको आत्मा शान्तिको कामना गरिएको थियो । सो अवसरमा बोल्दै केन्द्रकी सचिव समिरा बजगाईंले नेपाली समाजमा महिलाहरु अझैपनि सुरक्षीत हुन नसकेको बताउँदै यो घटनामा संलग्न सबैलाई कडाभन्दा कडा कार्वाहिको माग समेत गर्नु भएको छ ।

मृतक भुजेल नेपाली सेनामा सुवेदार पदमा कार्यरत हुनुहुन्थ्यो । प्रारम्भिक अनुसन्धानले घरायसी विवादकै कारण हत्या भएको प्रहरी श्रोतले जनाएको छ । श्रीमन थापाले गत जेठ २२ गते राति श्रीमतीको हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको