चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

काठमाडौं,३ असार । नेपाली कांग्रेसका सांसद निश्कल राईले चिया उद्योग र किसानहरू गम्भीर संकटमा पर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले छिमेकी देश भारतले लागू गरेको नयाँ गुणस्तर मापदण्डका कारण नेपाली चिया निर्यात प्रभावित भएको र त्यसको प्रत्यक्ष असर उद्योग तथा किसानमाथि परेको बताउनु भएको हो।

उहाँले भारतीय चिया बोर्डले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसीजर (एसओपी)’ नामक नयाँ मापदण्ड लागू गरेपछि नेपाली चिया निर्यातमा विभिन्न अवरोध सिर्जना भएको उल्लेख गर्नु भएको छ ।

‘गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पन्न गरेकाले चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुण्डाएको करिब तीन दिन भयो,’ उहाँले भन्नु भयो।

राईका अनुसार नयाँ व्यवस्थाअनुसार चियाको परीक्षण प्रतिवेदन आउन दुई साताभन्दा बढी समय लाग्ने, प्रतिवेदन नआएसम्म चिया बिक्री गर्न नपाइने तथा प्रतिवेदनमा सामान्य समस्या देखिए पनि उत्पादन गरिएको चिया नष्ट गर्नुपर्ने बाध्यता रहेको छ।

‘भारतीय चिया बोर्डले स्ट्यान्डर्ड अपरेटिङ एसओपी नामक नयाँ मापदण्ड ल्याएको छ। टेस्टिङ रिपोर्ट आउन दुई साता बढी लाग्ने, प्रतिवेदन नआएसम्म चिया बेच्न नपाइने र रिपोर्टमा थोरै समस्या आए उत्पादन भएको चिया नष्ट गर्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नु भयो।

सांसद राईले संवेदनशील विषयमा सरकारको ध्यान नपुगेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयोे। वार्षिक तीन करोड किलोभन्दा बढी तयारी चिया निर्यात हुने र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने चिया उद्योग तथा किसानहरूको समस्या समाधान गर्न सरकारले चासो नदेखाएको उहाँको आरोप थियो।

‘यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन। योसँगै सातौं पटक भयो,’ उहाँले भन्नु भयोे, ‘सम्माननीय प्रधानमन्त्रीज्यू अन्य दुई माननीय मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ, तर वार्षिक तीन करोडभन्दा बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखिएको छैन।’

उहाँले चिया क्षेत्रको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै किसान र उद्योगीहरूको हित संरक्षणका लागि आवश्यक कूटनीतिक तथा नीतिगत पहल गर्न माग गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा विभिन्न कार्यक्रम गरी विश्व योग दिवस मनाइयो

रामेछाप,७ असार । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नारासहित १२औँ विश्व योग दिवस रामेछापको मन्थलीमा प्रभातफेरी, प्रवचन तथा योगका विभिन्न नमुना अभ्यास प्रदर्शन गर्दै

कटानले बिर्तामोडमा तीनतले पक्की घर कोल्टियो, छिमेकी पनि जोखिममा

बिर्तामोड, झापा निरन्तरको वर्षासँगै आएको बाढीले झापाको बिर्तामोडमा एउटा तीनतले पक्की घर ढाल्ने गरी कटान गरेको छ । बिर्तामोड नगरपालिका–५ स्थित सुकुम्बासी गुड लाइनमा पानीको

अर्थमन्त्री वाग्ले हेटौँडामा, सुरक्षा व्यवस्था कडा

हेटौँडा,७ असार । स्वर्णिम वाग्ले आज हेटौँडा जाने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल बैंक लिमिटेड सिटी अफिस हेटौँडाको आफ्नै नवनिर्मित

दुर्घटना पीडितलाई जोगाउन रगत संकलन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन

विर्तामोड, ६ असार । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७ औं स्थापना दिवसको सप्ताहब्यापी कार्यक्रमअन्तर्गत झापा जिल्ला कमिटीले आज रक्तदान कार्यक्रम गरेको छ । सडक

सर्लाहीमा ३२ लाख अवैध नगदसहित दुई जना पक्राउ

सर्लाही,५ असार । सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच