साथीको विश्वासदेखि अपहरणसम्म : किशोर अपहरण प्रकरणले दिएको गम्भीर सन्देश

चितवन ,३ असार । चितवनका १६ वर्षीय किशोर रिशव गुप्ताको अपहरण र १८ घण्टामै भएको सकुशल उद्धारले समाजमा बढ्दै गएको अपराधको नयाँ स्वरूप उजागर गरेको छ। अझ चिन्ताको विषय के छ भने यो घटनाको मुख्य योजनाकार रिशवकै पुरानो स्कुले साथी बने।

रिशव र भारतको बिहार निवासी सुजित कुमारबीच विद्यालयमा पढ्दादेखिको चिनजान थियो। वर्षौँपछि सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएका सुजितले नेपाल घुम्न आएको बहाना बनाएर भेट्न बोलाए। पुरानो साथी भएकाले रिशवले शंका गरेनन्। तर भेटघाट केही घण्टामै अपहरणमा परिणत भयो।

सुजित र उनका साथीहरूले रिशवलाई चितवनबाट काठमाडौं ल्याई होटलमा बन्धक बनाए। त्यसपछि परिवारसँग २२ लाख रुपैयाँ फिरौती मागियो। अपहरणकारीहरूले धम्की दिँदै रकम नदिए ज्यान मार्ने चेतावनीसमेत दिए।

तर संकटको घडीमा रिशवले धैर्य गुमाएनन्। होटलको शौचालयबाट बाहिर चिठी फालेर आफू अपहरणमा परेको जानकारी गराए। परिवारको सतर्कता, नागरिकको सहयोग र नेपाल प्रहरीको तीव्र सक्रियताका कारण अपहरणको करिब १८ घण्टामै किशोरको सकुशल उद्धार भयो। घटनामा संलग्न पाँच भारतीय नागरिक पक्राउ परे भने अन्यको खोजी जारी छ।

यो घटनाबाट युवापुस्ताले सिक्नु पर्न कुरा ?

यो घटना केवल अपहरणको समाचार होइन, आजका युवायुवतीका लागि गम्भीर चेतावनी पनि हो।
सामाजिक सञ्जाल वा पुरानो चिनजानका आधारमा कसैलाई अन्धविश्वास गर्नु हुँदैन। अपराधी सधैँ अपरिचित मात्र हुँदैनन्।
दोस्रो, कसैलाई भेट्न जाँदा परिवार वा साथीभाइलाई आफ्नो गन्तव्य र अवस्थाबारे जानकारी दिनुपर्छ।

दबाब, डर वा संकटको अवस्थामा पनि धैर्य गुमाउनु हुँदैन। रिशवको साहसिक कदमले उनको ज्यान बचायो।
सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। अनलाइन सम्पर्क कहिलेकाहीँ वास्तविक जीवनको जोखिम बन्न सक्छ।
कुनै पनि आपराधिक घटना वा शंकास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई जानकारी गराउनुपर्छ।

रिशव गुप्ताको उद्धार केवल एउटा सफल प्रहरी कारबाही होइन, समाजका लागि चेतावनीको घण्टी पनि हो। विश्वास, मित्रता र सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्ने प्रवृत्ति बढ्दै गइरहेको अवस्थामा युवापुस्ताले अझ सचेत, जिम्मेवार र सावधान बन्न आवश्यक छ। एक क्षणको लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ भने एक क्षणको सचेतताले जीवन बचाउन सक्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको