गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो : गुरुङ

काठमाडौं,४ असार । गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताउनु भएको छ।

बिहीबार मनसुन पूर्वतयारी तथा प्रतिकार्यको तयारी सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतको अनुभवका आधारमा यसपटक विपद् व्यवस्थापनका लागि प्रभावकारी तयारी गरिएको बताउनु भएको हो।

उहाँले विपद्को समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइएको र विभिन्न टोलीहरू परिचालन गरिसकिएको जानकारी दिनु भयो। मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा पनि जनताको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै आवश्यक परे हेलिकप्टरसहितका स्रोत–साधन परिचालन गर्ने योजना रहेको बताउनु भयो।

उहाँले भन्नु भयो, ‘विगत लामो समयदेखी यही क्षेत्रमा काम गरेको हुनाले यसमा पूर्वतयारी राम्रै छ । त्यस अनुसार सुरक्षा निकायहरु पनि खटाइएको छ । त्यसअनुसार भिन्न भिन्न टोलीहरुलाई पनि निर्देशन दिएका छौं। यसपटक मन्त्रीको निरिक्षण भन्दा पनि जनताको सुरक्षाको लागि हेलिकप्टरदेखी लिएर सबैकुराहरु खटाइने योजना बनाइरहेका छौं ।’

उहाँले अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिइएको स्पष्ट पार्नु भयो। विपद् व्यवस्थापनका क्षेत्रमा संस्थागत सुधार र समन्वयलाई थप प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो।

गृहमन्त्री गुरुङले नागरिक सुरक्षा सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै गृहमन्त्रालयलाई प्रत्येक नागरिक, विशेषगरी महिलाहरूका लागि भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न चाहेको बताउनु भयो। उहाँले हरेक नागरिकको सुरक्षा र सेवाका लागि सरकार प्रतिबद्ध रहेको र प्रहरी संगठन अहिले पहिलेभन्दा बढी प्रभावकारी रूपमा काम गरिरहेको दाबी गर्नु भयो।

उहाँले भन्नु भयो, ‘पहिलेको सरकारले गरेको राम्रा कामलाई प्रोत्साहन गरेर त्यसमा भएको कमी कमजोरीलाई पूर्ण गरि त्यसलाई पनि निरन्तरता दिदैछौ । गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो भनी सोच्नुपर्छ। हरेक नारीको लागि हामी आफ्नो परिवार भएर उभिन चाहान्छौं । हामी हरेक नागरिकको सुरक्षा र सेवाको लागि काम गर्छौ पहिला भन्दा अहिले प्रहरी पनि प्रभावकारीरुपमा काम गरिरहेको छ।’

अपराध नियन्त्रणका विषयमा उच्च प्रहरी अधिकारीहरूसँग नियमित छलफल भइरहेको जानकारी दिँदै उहाँले कानून कार्यान्वयनमा कुनै राजनीतिक पक्षपात नहुने स्पष्ट पार्नु भयो। गलत कार्य गर्ने व्यक्ति जुनसुकै दल वा समूहसँग सम्बन्धित भए पनि कानूनी कारबाहीको दायरामा ल्याइने उहाँको भनाइ थियो।

उहाँले सुरक्षा निकायका अधिकारीहरूको कार्यसम्पादनलाई नजिकबाट मूल्यांकन गरिने र जिम्मेवारीअनुसार काम गर्न नसक्ने अधिकारीमाथि आवश्यक कदम चालिने चेतावनी समेत दिनुभएको छ। साथै राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने र बढुवालाई पूर्ण रूपमा कार्यसम्पादनमा आधारित बनाइने नीति अवलम्बन गरिएको बताउनु भएको छ।

मन्त्री गुरुङले विगतमा बढुवाका क्रममा राजनीतिक दबाब, पहुँच र चलखेल हुने गरेको चर्चा गर्दै अब त्यस्ता अभ्यासलाई अन्त्य गरी कर्मचारीको क्षमता, इमान्दारिता र कार्यसम्पादनका आधारमा मात्रै पदोन्नति गरिने निर्देशन दिइएको जानकारी गराउनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व