दमकका फूड फेस्टिबल

दमकमा फूड फेस्टिबल हुने, जातीय परिकार प्रर्वधन गर्न निशुल्क स्टल, प्रकाश सपुत सहितका कलाकार पनि आउने

दमक/
झापाको दमकमा आठौ फूड फेस्टिबल हुने भएको छ ।
यहि चैत्र २३ गते देखी २९ गते सम्म दमक ७ स्थित पशुहटमा फूड फेस्टिबल हुने आईतबार आयोजीत पत्रकार सम्मेलन मार्फत जनाइएको छ । दमककमा बसोबास गर्ने विभिन्न जातजातीको जातिय परिकारको स्वाद चखाउँदै त्यसको प्रवर्धन गर्न र विषेश गरि दमक अर्गानिक खाना पाउने हव हो भन्ने कुराको सन्देश दिन फूड फेस्टिलको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनका क्रममा कार्यक्रम संयोजक भुपेन्द्र न्यौपानेले जानकारी गराउनु दिनुभयो ।


१० देखी १५ वटा विभिन्न जातका जातीय परिकारका स्टल साथै अन्य विभिन्न स्वादका परिकार तथा केहि व्यवसायीक गरि ४० देखी ५० वटा स्टल फेस्टिबलमा हुने छन् । जतीय परिकारको स्टल राख्न कुनै शुल्क नतोकिएको अर्थात निशुल्क उपलब्ध गराइने पत्रकार सम्मेलनमा जनाइएको छ । दमकम धिमाल, लिम्बु, राई, सतार, राजंबशी लगायतका विभिन्न आदिवसीको बसोबार रहेको छ ।

यो फेस्टिबलले पूर्वि क्षेत्रको पर्यटकीय पर्वधनमा पनि योगदान दिने आयोजकको दावि छ । होटल व्यवसायी सघं दमकको आयोजनामा हुन लागेको फेस्टिबलले दमक क्षेत्रको प्रर्वधन गर्नपनि मद्यत पुग्ने विस्वास गरिएको छ । विभिन्न राष्ट्रिय स्तरका कलाकारका साथमा फेस्टिवल सञ्चालन गरिने पत्रकार सम्मेलनमा सघंका अध्यक्ष योगराज दंगालले जनकारी दिनु भएको छ ।

उहाँका अनुसार फूड फेस्टिबलमा स्थानीय जातीय झाँकीका साथै राष्ट्रिय स्तरका कलाकारहरु ज्योती मगर, प्रमोद खरेल, प्रकाश सपुत, लाहुरे, मेलिना राई, एकदेव लिम्बु, धिरज राई लगयतको उपस्थित हुने जनाइएको छ ।
करिव १ लाख जनाले फेस्टिबल अवलोक गर्ने दावि आयोजकले गरेको छ । फेस्टिलमा २५ लाख बढिको आर्थीक करोबार गर्ने लक्ष्य राखीएको छ । दमकमा २०७१ सालदेखी फूड फेस्टिबल हुँदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२ वैशाख । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया

कांग्रेसको प्रदेशसभा सदस्य कुँवरद्धारा पदबाट राजीनामा

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिनु भएको छ। मन्त्री पद नपाएपछि मन्त्री कुँवरले पदबाट राजीनामा दिनु भएको हो ।

पूर्वउपसभापति खड्कासँग कांग्रेसको ७ दिने स्पष्टिकरण माग

काठमाडौं,२ वैशाख । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन,