प्रथम  महाधिवेशन

चौथो वर्षमै देशको नेतृत्व गर्दै रास्वपा

प्रश्न सोध्ने पत्रकारदेखि देशकै पूर्ण बहुमतको सरकार चलाउनेसम्मको रविको भित्री वास्तविकता 

काठमाण्डौँ,७ असार ।स्थापनाको छोटो समयमै नेपाली राजनीतिमा चमत्कारिक छलाङ मारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवनको गेष्टहाउस चौरमा आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन गर्दैछ। चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले २ हजार उन्नअसि असार ७ गते राष्ट्रिय सभागृहबाट घोषणा गरेको रास्वपाले स्थापनाको चार वर्ष नपुग्दै दुई तिहाइ नजिकको बहुमत सहित देशको सत्ता सम्हाल्ने कीर्तिमान रचेको छ। भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा १ सय बयासी सिटसहित ऐतिहासिक बहुमत ल्याएर रास्वपा आज प्रश्न सोध्ने ठाउँबाट देशलाई जबाफ दिने शक्तिशाली स्थानमा पुगेको छ।

आज हुने महाधिवेशनको भव्य उद्घाटन समारोहको नेतृत्व पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्दै हुनुन्छ। देशमा परिवर्तनका संवाहक मानिएका शीर्ष नेताहरूलाई आमन्त्रण गरिए पनि कांग्रेस, एमाले र नेकपा जस्ता पुराना दलका शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति गगन कुमार थापा बाहेक अरु नेताहरु अनुपस्थित रहने हुनु भएको छ। पूर्वप्रधानमन्त्रीहरूमध्ये केवल डा. बाबुराम भट्टराई मात्र समारोहमा सहभागी हुनु हुने छ।
देशभरिबाट झन्डै ४ हजार प्रतिनिधि सहभागी हुने यस महाधिवेशनले १९ पदाधिकारी सहित १ सय अन्ठउन्न सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्नेछ। शनिबार अनुमोदित संशोधित विधान अनुसार सभापतिले ५१ जना मनोनीत गर्नेछन् भने बाँकी १०० जना निर्वाचन प्रक्रियाबाट आउनेछन्। चुनावी प्रतिस्पर्धाका लागि सभापति पदमा ५१ हजार र अन्य पदाधिकारीका लागि ४१ हजार रुपैयाँ दस्तुर सहित समर्थन अनिवार्य गरिएको छ।

सुरुवाती दिनमा २१ जना केन्द्रीय सदस्य र निर्वाचन आयोगमा ५ जनाको हस्ताक्षर जुटाउन समेत हम्मे–हम्मे परेको रास्वपाको यात्रा सहज भने रहेन। विगत चार वर्ष सभापति रविका लागि मुद्दामामिला र अदालती झमेलाको चक्रव्यूह जस्तै बन्यो। सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा, दोहोरो नागरिकता र राहदानी विवाद हुँदै सडसठी करोड रुपैयाँको सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा उहाँ झन्डै आठ महिना नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा समेत रहनु भयो।

गत वर्ष भदौको ’जेनजी आन्दोलन’ पछि रास्वपा रक्षात्मक अवस्थामा पुगेका बेला रवि लामिछाने र काठमाडौँका तत्कालीन मेयर बालेन शाहबिच भएको ७ बुँदे सहमति नै पार्टीको लागि ’टर्निङ प्वाइन्ट’ बन्यो। “रवि बिना बालेन र बालेन बिना रवि अधुरो“ भन्ने जनअपेक्षा र यी दुई युवा नेताको शक्तिशाली रसायनकै बलमा रास्वपाले पुराना दलहरूको सिन्डिकेटलाई भत्काउन सफल भयो।

महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न जिल्ला अदालतहरूबाट सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा परिमार्जन सहितको राहत पाएसँगै रवि लामिछाने झन् शक्तिशाली सभापतिको रूपमा उदाउने निश्चित प्रायः छ। नीतिगत सुधार र सुशासनको एजेन्डासहित राजनीतिको केन्द्रविन्दु बनेको रास्वपाको यो महाधिवेशनले देशलाई कुन दिशा दिनेछ, त्यो भने हेर्न बाँकी नै छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको