रास्वपाको यात्रा अनियन्त्रित छैन, गन्तव्यमै पुगेर रोकिन्छः प्रधानमन्त्री शाह

काठमाडौं,७ असार । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको यात्रा अब स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा दौडिरहेको भन्दै गन्तव्यमा नपुग्दासम्म पार्टीको अभियान नरोकिने बताउनु भएको छ्। आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले विभिन्न अतिथिहरूले पार्टी र सरकारलाई दिएको सुझाव तथा चिन्ताप्रति धन्यवाद व्यक्त गर्नु भएको छ।

 

शाहले सरकारलाई गाडीसँग तुलना गर्दै भन्नु भयो, ‘सरकार भनेको गाडीजस्तै हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक लगाउनुपर्छ भन्ने चिन्ता स्वाभाविक हो । स्थानीय सडकमा हिँड्दा दायाँ–बायाँबाट धेरै चिन्ता आउँछन्। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन, एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ ।’
उहाँले रास्वपाको यात्रा अनियन्त्रित नभएको स्पष्ट पार्दै पार्टी र सरकारप्रति व्यक्त गरिएका चासो र सुझावलाई सकारात्मक रूपमा लिएको बताउनु भएको छ ।

 

जनमत अस्थिर हुने र हावाको दिशाजस्तै बदलिने टिप्पणीप्रति प्रतिक्रिया दिँदै शाहले भन्नु भयो,‘जनताको भोट हावा जस्तो हुन्छ, कहिले यताबाट त कहिले उताबाट चल्छ भनेर चिन्ता व्यक्त गरिएको छ । तर हामीले कुनै हावा उडाएका छैनौं। हामीले बाढी ल्याएर खोला फर्काएका हौं। त्यसैले त्यो आफ्नै बाटोमा निरन्तर बगिरहन्छ ।’ उहाँले रास्वपाले स्थापित राजनीतिक प्रवृत्तिलाई परिवर्तन गर्दै नयाँ राजनीतिक धार निर्माण गरेको दाबी गर्दै जनताले दिएको विश्वासलाई सुशासन, विकास र परिणाममार्फत अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सीमा विवादमा नेपालसँग स्पष्ट प्रमाण छः प्रधानमन्त्री शाह

चितवन,७ असार । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको दाबी गर्दै राष्ट्रियताप्रति कुनैपनि प्रकारको

रास्वपाको यात्रा अनियन्त्रित छैन, गन्तव्यमै पुगेर रोकिन्छः प्रधानमन्त्री शाह

काठमाडौं,७ असार । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले रास्वपाको यात्रा अब स्थानीय सडकमा नभई ‘एक्सप्रेस वे’ मा दौडिरहेको भन्दै

रास्वपाले प्राप्त गरेको जनमतलाई राष्ट्र निर्माणमा सदुपयोग गर्नुपर्छः प्रदीप ज्ञवाली

काठमाडौं,७ असार । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनादेशलाई लोकतन्त्रको सुदृढीकरण, राष्ट्र निर्माण र जनताको हितमा सदूपयोग गर्नुपर्ने

प्रधानमन्त्री एकदमै स्मार्ट, इन्टेलिजेन्ट र स्टाइलिस युवा हुनुहुन्छ : सिके राउत

काठमाडौं,७ असार । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले देश परिवर्तन र समृद्धिको साझा लक्ष्यका लागि सहकार्य आवश्यक रहेको बताउनु भएको छ् । राष्ट्रिय स्वतन्त्र

सरकार फेर्न होइन, राजनीतिक संस्कार परिवर्तन गर्न आएका हौँः अर्थमन्त्री वाग्ले

काठमाडौं,७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने

रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो : अध्यक्ष लिङ्देन

काठमाडौं,७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले प्राप्त गरेको मतमा राजाको माग गर्नेहरुको पनि मत भएको बताउनु भएको छ  । आइतबार