सीमा विवादमा नेपालसँग स्पष्ट प्रमाण छः प्रधानमन्त्री शाह

चितवन,७ असार । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको दाबी गर्दै राष्ट्रियताप्रति कुनैपनि प्रकारको आशंका नगर्न आग्रह गर्नु भएको छ । आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले सीमा सम्बन्धी विषय संवेदनशील भएकाले विभिन्न देशसँग छलफल गर्दा आपत्ति आउने भएपनि त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका नगर्न आग्रह गर्नु भएको छ।

 

उहाँले थप स्पष्ट पार्दै ब्रिटिस शासनकालका ऐतिहासिक दस्तावेजहरू अध्ययन गरेर प्रमाण प्रस्तुत गर्ने कुरा आफूहरूले भनेको बताउँदै ब्रिटिशलाई मध्यस्थकर्ता बनाउन खोजेको भन्ने गलत आरोप रहेको बताउनु भएको छ । उहाँले भन्नु भयो,‘सीमाको विषयमा पनि चिन्ता लिनुपर्दैन । सीमाको विषयमा बोल्दा जुनसुकै देशसँग कुरा गर्दा उहाँहरुले पनि आपत्ति जनाउनुहुन्छ । उहाँले आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो । हामीसँग त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । त्यो प्रमाण लिनको लागि पहिले ब्रिटिशको पालाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । ब्रिटिसलाई मध्यस्तकर्ता राख्न खोजेका हैनौं । छिमेकीसँग कुरा गरेर मिलाउँछौं । मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’

 

राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै उनले व्यक्तिगत समूह निर्माणभन्दा जनताको विश्वास जित्नु नै मुख्य आधार हुने बताए। उहाँले भन्नु भयो, ‘राम्रो नेता बन्न जनताको आस्था र माया जित्नुपर्छ । कुनै समूह बनाएर मात्र हुँदैन ।’ उहाँले यो चुनावमा गरेको बाचाहरु यही ५ वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउँदै अर्को चुनावमा नयाँ एजेण्डा बोकेर जाने बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको