तीन दिनमै फेरियो सीके राउतको बोली

रास्वपाको ’प्रदेश खारेजी’ एजेन्डाले मधेसमा हङ्गामा!

काठमाण्डौं,१० असार । नेपाली राजनीतिमा फेरि एकपटक ठूलो वैचारिक भूकम्प गएको छ। हिजोसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा अतिथिका रूपमा पुगेर प्रधानमन्त्री बालेन शाहलाई ‘स्मार्ट, डाइनामिक र इन्टेलिजेन्ट’ भन्दै भारतीय अभिनेता देवानन्दसँग तुलना गर्ने जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, अहिले तिनै बालेनमाथि आगो हुनु भएको छ्। मात्र तीन दिनको अन्तरालमा राउतको यो आक्रोशले राजनीतिक वृत्त तातेको छ।
विवादको मुख्य जड हो— रास्वपाको महाधिवेशनबाट पारित भएको ‘प्रदेश सभा खारेजी’ को राजनीतिक प्रस्ताव। यो प्रस्ताव आउनेबित्तिकै डा. राउतले बालेन शाहमाथि चरम राजनीतिक बेइमानी र जनतालाई धोका दिएको गम्भीर आरोप लगाउनु भएको छ।

 

राउतको आक्रोश छ— “भोट माग्ने बेलामा मधेसीको पहिचान अपनाउने, कुर्ता–गम्छा लगाउने, मधेसी भाषामै सम्बोधन गरेर ’प्रदेशलाई बलियो बनाउँछु’ भन्ने वाचाका साथ तराई–मधेसका अठतर मध्ये चौरतर सिट जितेर क्लिनस्वीप गर्ने; अनि शक्तिमा पुगेपछि त्यही प्रदेश सभा खारेज गर्ने एजेन्डा ल्याउनु ’खोलो तर्यो, लौरो बिर्सियो’ भन्ने उखान जस्तै हो।“
डा. राउतले प्रदेश खारेज गरिए मधेस पञ्चायती व्यवस्था जस्तै केवल प्रशासनिक इकाइमा सीमित हुने चेतावनी दिनु भएको छ्। यद्यपि, वर्तमान सरकारको गणितीय अवस्था हेर्दा तत्काल संविधान संशोधन सम्भव नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले आफ्ना कार्यकर्तालाई ढाडस समेत दिनु भएको छ्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको बहसलाई समेत उहाँले अस्वीकार गर्दै व्यवस्थापिका र कार्यपालिकाको भूमिका स्पष्ट हुनुपर्ने अडान राख्नु भएको छ।

चुनावमा जनतासँग गरिएका वाचा र सत्तामा पुगेपछि लिइने नीतिबीचको यो विरोधाभासले नेपाली राजनीतिमा फेरि एकपटक नैतिकताको प्रश्न उठाएको छ। के यो एजेन्डाले मधेसको अधिकारलाई संकुचित पार्नेछ, या देशले नयाँ राजनीतिक दिशा लिनेछ? यो भने आगामी दिनले नै प्रष्ट पार्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको

गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

काठमाडौं ,१४ असोज। महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो