दमक, ११ असार । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा झापाको दमकमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। मदन भण्डारी फाउण्डेशन झापाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा आगामी असार १४ गते शनिबार रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
बिहान ७ बजेदेखि सुरु हुने कार्यक्रम दमकस्थित गणतन्त्र चोकको उत्तरतर्फ रहेको खनाल मार्केट परिसरमा आयोजना गरिने फाउण्डेशनले जनाएको छ। जननेता मदन भण्डारीको जन्मजयन्तीलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्दै आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले सम्पूर्ण नागरिकमा आग्रह गरेको छ।
रक्तदान जीवनदान भएकाले कार्यक्रमबाट बिरामीहरूको उपचारका लागि आवश्यक रगत व्यवस्थापनमा सहयोग पुग्ने विश्वास आयोजकको छ।









