बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी प्रदेश संरचनामा प्रारम्भिक बाल विकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले घरका साना बालबालिकाले राम्रो शिक्षा–दीक्षा प्राप्त गर्न सके परिवारमा खुसीयाली र सकारात्मक वातावरण सिर्जना हुने बताउनु भएको छ ।

 

उहाँले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि प्रारम्भिक बाल विकासलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गर्नु भएको छ । बालबालिकामा गरिएको लगानीले दीर्घकालीन रूपमा समाज र राष्ट्रलाई नै लाभ पुग्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री कार्कीले बाल अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताउँदै प्रारम्भिक बाल विकासका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरूको सहकार्य समन्वय समूहको आयोजनामा भएको कार्यक्रममा बालबालिकाको अधिकार, प्रारम्भिक शिक्षाको अवस्था तथा संवैधानिक दायित्व कार्यान्वयनका विषयमा छलफल गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको

गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

काठमाडौं ,१४ असोज। महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो