लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ ले पराजित गर्ने क्रममा लुकाकुले आफ्नो विश्वकप करियरको छैटौं गोल गर्दै नयाँ कीर्तिमान कायम गर्नु भएको हो ।

 

३३ वर्षीय लुकाकुले खेलको ८६औं मिनेटमा गोल गर्दै बेल्जियमका लागि विश्वकपमा पाँच गोल गर्नु भएका  Marc lWimots को कीर्तिमान तोडनु भयो । यससँगै उहाँ विश्वकप इतिहासमा बेल्जियमका सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्नु भयो ।

 

बेल्जियमको जितमा लियोनार्द ट्रोसार्डले दुई गोल गर्नु भयो। खेलको २८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका ट्रोसार्डले दोस्रो हाफको सुरुआतमै आकर्षक गोल थप्दै व्यक्तिगत दोस्रो गोल पूरा गर्नु भएको थियो । त्यसपछि केभिन डि ब्रयुनले बक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै बेल्जियमको अग्रता ३–० पु¥याउनु भयो।

 

न्युजिल्यान्डका लागि एलिजले एक गोल फर्काए पनि त्यसपछि लुकाकुले हेडमार्फत गोल गर्दै टोलीको अग्रता अझ फराकिलो बनाउनु भयो । खेलको अन्तिम क्षणमा लुकाकुकै पासमा एलेक्ससीस ले गोल गर्दै बेल्जियमको ५–१ को शानदार जित सुनिश्चित गर्नु भयो । यस जितसँगै बेल्जियम समूह ‘जी’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नवरात्रको छैटौँ दिन,माता कात्यायनीको विशेष पूजाआराधना गरिदैँ

काठमाडौं, ३० असोज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक

कांग्रेस महाधिवेशन स् मतगणना सकियो, शपथग्रहण दशैँपछि

काठमाडौँ ,३० असोज। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको