’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले मदन भण्डारीको विचार र नेतृत्वले नेपालको राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याएको बताउनु भएको छ ।

 

उहाँले जनताको बहुदलीय जनवाद (जबज) नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण वैचारिक उपलब्धि भएको उल्लेख गर्दै त्यसको भूमिका उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नु भएको छ । साथै, वर्तमान परिवेशमा समाजवादी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर बहस र आत्ममन्थन आवश्यक रहेको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्छ । जनताको बहुदलीय जनवाद नेपाली कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण वैचारिक उपलब्धि हो, त्यसको उच्च मूल्याङ्कन हुनुपर्छ । अहिले समाजवादी आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर बहस र आत्ममन्थन आवश्यक छ ।’

 

नेपालले कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणबारे इमानदार समीक्षा गर्नुपर्नेमा जोड दिनु भएको छ । व्यक्तिवाद, भ्रष्टाचार, जनतासँगको दूरी, बदलिँदो सामाजिक मनोविज्ञान बुझ्न नसक्नु र संगठनभित्र देखिएका विकृतिहरू आन्दोलन कमजोर बन्नुका प्रमुख कारण हुन सक्ने उहाँको भनाइ थियो । उहाँले नेपालका सबै कम्युनिस्ट घटकले आफ्ना–आफ्ना पार्टीभित्र आत्मचिन्तन र आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले कम्युनिस्ट एकता केवल नाराले सम्भव नहुने भन्दै साझा मुद्दामा सहकार्य गर्दै विश्वास र सिद्धान्तका आधारमा बलियो तथा दिगो एकता निर्माण गर्नुपर्ने बताउनु भएको छ। ‘कुराले चिउरा भिज्दैन’ भन्ने मदन भण्डारीको भनाइ स्मरण गर्दै उहाँले व्यवहारमा आधारित सहकार्यको आवश्यकता औँल्याउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘कम्युनिस्ट आन्दोलन किन कमजोर भयो भन्ने विषयमा इमानदार आत्मसमीक्षा गर्नुपर्छ। व्यक्तिवाद, भ्रष्टाचार, जनतासँगको दूरी र संगठनभित्र देखिएका विकृतिहरूको समीक्षा नगरी अघि बढ्न सकिँदैन। सबै कम्युनिस्ट घटकले आत्मचिन्तन गर्नुपर्छ। कम्युनिस्ट एकता नाराले होइन, साझा मुद्दामा सहकार्य, विश्वास र सिद्धान्तका आधारमा निर्माण हुनुपर्छ। कमरेड मदन भण्डारीले भनेझैँ, ‘कुराले चिउरा भिज्दैन।’ त्यसैले व्यवहारमै एकता र सहकार्य देखिनुपर्छ ।’ नेपालले नेपालको राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गर्दै विदेशी शक्तिको बढ्दो प्रभावप्रति सतर्क रहनुपर्ने बताउनु भएको छ। नेपाल कुनैपनि छिमेकी राष्ट्रविरुद्ध गतिविधि सञ्चालन गर्ने केन्द्र बन्न नहुने उल्लेख गर्दै राष्ट्रिय हितको रक्षा गर्न सबै देशभक्त शक्तिहरूबीच एकता आवश्यक रहेको उहाँको भनाइ थियो।

 

वर्तमान सरकारको परराष्ट्र नीतिप्रति पनि उहाँले प्रश्न उठाउनु भएको छ । विदेशी शक्तिको चलखेलप्रति सरकार पर्याप्त सचेत नरहेको आरोप लगाउँदै लोकतन्त्र, गणतन्त्र र जनअधिकारको संरक्षणमा कम्युनिस्ट शक्तिहरू अग्रसर हुनुपर्ने उनले बताउनु भएको छ। उहाँले भन्नु भयो, ‘राष्ट्रियतासामु अहिले ठूलो चुनौती छ । विदेशी शक्तिको बढ्दो चलखेलप्रति सचेत हुनुपर्छ। नेपाल कुनैपनि छिमेकी राष्ट्रविरुद्ध गतिविधि सञ्चालन गर्ने केन्द्र बन्नु हुँदैन। राष्ट्रिय हितको रक्षा गर्न सबै देशभक्त शक्तिहरू एकजुट हुन आवश्यक छ । वर्तमान सरकार यस विषयमा पर्याप्त संवेदनशील देखिएको छैन। लोकतन्त्र, गणतन्त्र र जनअधिकारको संरक्षणमा कम्युनिस्ट शक्तिहरूले अग्रसर भूमिका खेल्नुपर्छ ।’

 

उहाँले कम्युनिस्ट नेताहरू जनताको बीचमा पुगेर उनीहरूको समस्या र पीडालाई उठाउनुपर्ने आवश्यकता औँल्याउँदै संसद्, सडक र जनस्तरमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको छ। आत्मकेन्द्रित सोच र स्वार्थी प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाउने भएकाले त्यसबाट मुक्त हुनुपर्ने उहाँको भनाइ थियो । मदन भण्डारीको योगदान स्मरण गर्दै नेपालले उहाँको दूरदृष्टि, संगठनात्मक अनुशासन, लोकतान्त्रिक अभ्यास र कार्यकर्तालाई उत्साहित गर्ने नेतृत्व शैलीबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताउनु भएको छ । उहाँले मदन भण्डारीको मृत्युलाई अझै पनि शंकास्पद घटना भन्दै त्यसको सत्यतथ्य उजागर हुनुपर्ने धारणा पनि व्यक्त गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक निर्वाचनले ‘जबज’को भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

काठमाडौं,१४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । आइतबार काठमाडौंमा आयोजित

वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा

’जबज’ को महत्त्वदेखि पार्टी एकताबारे प्रचण्डको यस्तो स्मरण

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन परिस्थितिमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) ले नेपाली कम्युनिष्ट आन्दोलनलाई जीवन्त

’कुराले चिउरा भिज्दैन’, व्यवहारमै कम्युनिस्ट एकता र सहकार्य आवश्यक छः नेपाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव नेपालले कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा, सहकार्य र सिद्धान्तनिष्ठ एकताको आधारमा अघि बढाउनुपर्ने बताउनु भएको छ। मदन भण्डारी फाउण्डेसनले

प्रतिगमनविरुद्ध एकजुट हुन वामपन्थी शक्तिहरूलाई ओलीको आह्वान

काठमाडौं,१४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताउनु भएको छ।

श्रीमतीको उपचारका लागि ईनरदेवले मागे आर्थिक सहयोग

रौतहट,१४ असार । रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठी निवासी ईनरदेव सहनी (अनिश) ले आफ्नी गम्भीर बिरामी पत्नीको उपचारका लागि आर्थिक सहयोगको अपिल गर्नु भएको छ्। उहाँकी