वामपन्थी शक्ति विभाजित हुँदा देश संकट तर्फ गयो : खनाल

काठमाडौं,१४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भएको छ। आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले विगतको निर्वाचनअघि नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच कार्यगत एकता भएको भए आजको राजनीतिक परिस्थिति फरक हुने दाबी गर्नु भएको छ।

 

खनालले पछिल्लो निर्वाचनमा वामपन्थी दलहरूले भोगेको हारको समीक्षा गर्नुपर्ने भन्दै एकताबिना भविष्य सुरक्षित नहुने बताउनु भएको छ। उहाँले भन्नु भयो,‘यदि यही दुई वटा दल मात्रै निर्वाचनअघि कार्यगत एकता गरेको भए ७४ होइन, करिब १०० सिट वामपन्थीको हुन्थ्यो । बालेन्द्र तानाशाही परिस्थिति देख्नुपर्ने थिएन ।’ उहाँले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप लगाउनु भएको छ । मदन भण्डारीको हत्या पनि कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र भएको उहाँको दाबी थियो ।

 

‘उहाँमाथि भएको षड्यन्त्र नेपालका कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने देशी–विदेशी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र थियो,’ उहाँले भन्नु भयो। खनालले अहिलेको राजनीतिक अवस्था समाजवादी क्रान्तिको नयाँ चरण भएको उल्लेख गर्दै पुराना कार्यदिशा र नाराले मात्र नपुग्ने बताउनु भएको छ । समयअनुसार नयाँ नीति, सिद्धान्त र कार्यदिशा विकास गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ। उहाँले वामपन्थी दलहरूबीच लामो समयदेखि रहेको वैचारिक विभाजन अन्त्य गर्दै साझा मुद्दामा कार्यगत एकता गर्न आग्रह गर्नु भएको छ।

 

उहाँले भन्नु भयो,‘अब समयले हामीलाई एक ठाउँमा ल्याउन थालेको छ । आजको आवश्यकता वामपन्थी एकता हो ।’ सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले किसान, मजदुर र निम्न वर्गका जनताको हितविपरीत काम भइरहेको आरोप लगाउनु भएको छ। बजेट माथिल्लो वर्गको हितमा केन्द्रित रहेको र बढ्दो ऋण तथा महँगीले आम नागरिकलाई थप समस्यामा पारेको उहाँको भनाइ थियो । साथै उहाँले गणतन्त्र, संविधान र राष्ट्रियतामाथि खतरा बढिरहेको दाबी गर्दै त्यसको रक्षा गर्न वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनु भयो।

‘देश संकटतर्फ जाँदै छ । राष्ट्रियता, गणतन्त्र र संविधानमाथि खतरा बढिरहेको छ। यो संकटबाट राष्ट्रलाई मुक्त गर्ने वास्तविक देशभक्त शक्ति वामपन्थी शक्ति नै हो,’ उहाँले बताउनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फेरि अर्को वर्षाको सम्भावना,घटस्थापनासम्मै झरी

केही दिनअघिको अविरल वर्षा र बाढी(पहिरोको त्रास सेलाउन नपाउँदै मुलुकमा फेरि अर्को वर्षाको सम्भावना देखिएको छ। पश्चिमी वायुको प्रभावका कारण आगामी बिहीबारदेखि मौसम बदली भई

फ्लाइदुबईको जहाज अपहरण भन्ने खबर , बास्तबिकता भने फरक

दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको एक यात्रुवाही विमान दुई पाइलटहरूबिच ‘उग्र’ झडप भएपछि साउदी अरबतर्फ डाइभर्ट गरिएको स्रोतहरूले सीएनएनलाई बताएका छन्। सीएनएनले विश्लेषण गरेको उडान

आईपीओ स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी

काठमाडौं १४ असोज। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन

वीरगन्ज नाकामा चुनौती पुर्णबन्दै पोके तस्करी

वीरगन्ज ,१४ असोज। मुलुकको प्रमुख प्रवेशद्वारका रूपमा रहेको वीरगन्ज नाका पछिल्लो समय पोके तस्करी नियन्त्रणमा चुनौती बनेको छ । भारतबाट दैनिक उपभोग्य वस्तु, कपडा, मोबाइललगायतका

(सीडीओ)सहित आठ कर्मचारीको सरुवा

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाको प्रशासनिक नेतृत्वमा

जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन

काठमान्डौ,१४ असोज । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रहेका क्षेत्रीको बुधबार बिहान ७ बजे अर्घाखाँचीको