त्रिवि सेवा आयोगका अध्यक्षको नियुक्तिप्रति महासचवि पोखरेलको व्यंग्य –‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ ’

काठमाडौं,१८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरेको सरकारले मेयरको उम्मेद्वार बनेका व्यक्तिलाई सेवा आयोगको अध्यक्ष बनाएकोमा आपत्ती प्रकट गर्नु भएको छ।
सरकारले हिजो त्रिभूवन विश्वविद्यालयमा नियुक्त गरेका किशोर थापा काठमाडौं महानगरको निर्वाचनमा २०७४ सालमा साझा पार्टीका तर्फबाट उम्मेद्वार बन्नु भएको थियो ।

‘ विद्यार्थी संगठन माथीको प्रतिबन्ध लगाउने सरकारको असली अनुहार मेयरको उम्मेद्वार बनेका पूर्व सचिवलाई विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा कुर्सीमा पुर्याएर उदांगिएको छ’ महासचिव पोखरेलले लेख्नु भएको छ । राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश मार्फत रिक्त गरिएको पदमा आफ््नो दलको खास मान्छे नियुक्त गरिएको बताउनु भएको छ । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले थापाको नियुक्तीप्रति व्यंग्य गर्दै लेख्नु भएको छ ‘जान्नेलाई छान्नेको गजबको तरिका रहेछ । हैन र ?’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

(सीडीओ)सहित आठ कर्मचारीको सरुवा

गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १२ गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाको प्रशासनिक नेतृत्वमा

जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन

काठमान्डौ,१४ असोज । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित रहेका क्षेत्रीको बुधबार बिहान ७ बजे अर्घाखाँचीको

मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी

काठमाडौं ,१४ असोज। मंगल ग्रहमा कुनै समय जीवन अनुकूल वातावरण रहेको र सूक्ष्मजीवसँग सम्बन्धित जैविक प्रक्रियाका सम्भावित संकेत भेटिएको नयाँ अध्ययनले देखाएको छ । नासाको

स्कार्पियो गाडी दुर्घटना,आठ जना घाइते

सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन् । आज बिहान ८:३० बजे

स्कार्पियो गाडी दुर्घटना,आठ जना घाइते

सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन् । आज बिहान ८:३० बजे

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१४ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक