दमकबाट क्यान्सर पीडित महिला बेपत्ता , देख्नेले तुरुन्तै खबर गरौ

दमक | १९ असार । झापाको दमक नगरपालिका–१, कुमाल चोकबाट एक क्यान्सर पीडित महिला हराएकी छन्। परिवारले उहाँको खोजीमा सहयोग गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ।

दमक–१ निवासी तथा जेन्जी नुडल्स, थुक्पा र चाउमिन व्यवसायी गणेश बोहोराकी करिब ५२ वर्षीया श्रीमती पविमाया बोहोरा बिहिवार बिहान ९ बजेतिर घरबाट निस्किएपछि हालसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन।

परिवारका अनुसार उहाँ दमकबाट सिटी सफारी चढेर बसपार्कको पूर्वी स्टेन्ड पुगेको र बिहान करिब १० बजेर ४५ मिनेटतिर धरान जाँदै गरेको बसबाट मोरङको गछिया बस स्टेन्डमा ओर्लिएको जानकारी प्राप्त भएको छ।

बसमा यात्रा गर्ने क्रममा उहाँले “कहाँ जाने?” र “कति समयमा पुगिन्छ?” भन्ने जस्ता कुराकानी गरेको जानकारी परिवारले पाएको छ। तर उहाँले बसको भाडा तिर्नुभएको थियो वा थिएन, त्यसबारे भने कुनै पुष्टि हुन सकेको छैन।

पविमाया बोहोरालाई देख्नुभएको, उहाँसँग कुराकानी गर्नुभएको वा उहाँको अवस्थाबारे कुनै जानकारी भए तत्काल परिवारलाई सम्पर्क गरी खोजी कार्यमा सहयोग गरिदिन परिवारले हार्दिक अपिल गरेको छ।

सम्पर्कका लागि:
गणेश बोहोरा: ९८४२७०५४२८, ९८१७९६१४२८
अन्य सम्पर्क नम्बर:
९८०६०७४४७०, ९८१५०९७९७१, ९८१०२८३५८३

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

काठमाडौं ,१४ असोज। महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो

कांग्रेसको १५औं महाधिवेशन सुनसरीमा झडप,निर्वाचन प्रक्रिया स्थगित

सुनसरी ,१४ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा दुई पक्षबिच तीव्र विवाद र झडप भएपछि

फेरि अर्को वर्षाको सम्भावना,घटस्थापनासम्मै झरी

केही दिनअघिको अविरल वर्षा र बाढी(पहिरोको त्रास सेलाउन नपाउँदै मुलुकमा फेरि अर्को वर्षाको सम्भावना देखिएको छ। पश्चिमी वायुको प्रभावका कारण आगामी बिहीबारदेखि मौसम बदली भई

फ्लाइदुबईको जहाज अपहरण भन्ने खबर , बास्तबिकता भने फरक

दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाइदुबईको एक यात्रुवाही विमान दुई पाइलटहरूबिच ‘उग्र’ झडप भएपछि साउदी अरबतर्फ डाइभर्ट गरिएको स्रोतहरूले सीएनएनलाई बताएका छन्। सीएनएनले विश्लेषण गरेको उडान

आईपीओ स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी

काठमाडौं १४ असोज। नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृति प्रक्रियामा ‘टाइमलाइन’ तोक्ने तयारी गरेको छ । आईपीओ निष्कासनका लागि बोर्डमा आउने फाइल कुन

वीरगन्ज नाकामा चुनौती पुर्णबन्दै पोके तस्करी

वीरगन्ज ,१४ असोज। मुलुकको प्रमुख प्रवेशद्वारका रूपमा रहेको वीरगन्ज नाका पछिल्लो समय पोके तस्करी नियन्त्रणमा चुनौती बनेको छ । भारतबाट दैनिक उपभोग्य वस्तु, कपडा, मोबाइललगायतका