आधिकारिक तालिका अझै आएन

गृहमन्त्री गुरुङ झापा आउँदै छन् ? सरकारी निकायमै अन्योल,

दमक।२१, असार | गृहमन्त्री सुदन गुरुङ झापा आउने चर्चा चले पनि सम्बन्धित सरकारी निकायहरूसँग भने त्यसबारे आधिकारिक जानकारी पुगेको छैन।

 

पूर्वी नेपाल भ्रमणमा रहेका गृहमन्त्री गुरुङ शनिबार विराटनगर विमानस्थलमा अवतरण गरेपछि मोरङका विभिन्न सीमावर्ती क्षेत्र तथा गृह मन्त्रालय मातहतका कार्यालयहरूको निरीक्षणमा निस्किएका थिए। हाल उहाँ धनकुटाको भेडेटार क्षेत्रको कार्यक्रम सम्पन्न गरी सुनसरीतर्फ अघि बढिसक्नुभएको जनाइएको छ।

 

गृहमन्त्रीको सम्भावित झापा भ्रमणबारे जानकारी लिन उज्यालो खबरले कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापासँग सम्पर्क गरेको थियो। उहाँका अनुसार गृहमन्त्रीको भेडेटारसम्मको भ्रमण कार्यक्रमबारे मात्र जानकारी प्राप्त भएको छ। त्यसपछिको यात्रा तालिकाबारे प्रदेश प्रहरी कार्यालयलाई समेत कुनै आधिकारिक सूचना प्राप्त नभएको उहाँले बताउनुभयो।

 

यस्तै, जिल्ला प्रहरी कार्यालय झापाले पनि गृहमन्त्री झापा आउने विषयमा आफूहरूलाई कुनै औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ।

 

यद्यपि, जिल्ला प्रशासन कार्यालय झापाले भने गृहमन्त्रीको झापा भ्रमणको सम्भावना रहेको संकेत गरेको छ।

 

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उज्यालो खबरसँग कुरा गर्दै भन्नुभयो, “गृहमन्त्रीज्यू पूर्व आउनुभएको बेला झापा पनि आउने कुरा छ। तर अहिलेसम्म ठ्याक्कै आधिकारिक भ्रमण तालिका प्राप्त भएको छैन। यदि उहाँ आउनुभयो भने जिल्लाको सीमाको अवस्था, सुरक्षा व्यवस्था तथा अन्य समसामयिक विषयमा विस्तृत रिपोर्टिङ गर्ने तयारी गरेका छौं।”

 

गृहमन्त्रीको झापा भ्रमणबारे विभिन्न चर्चा भइरहे पनि सम्बन्धित सुरक्षा निकाय र प्रशासनसँग हालसम्म आधिकारिक कार्यक्रम नपुगेकाले भ्रमण हुने वा नहुने विषय अझै स्पष्ट हुन सकेको छैन। त्यसैले औपचारिक भ्रमण तालिका सार्वजनिक नभएसम्म गृहमन्त्रीको झापा आगमनबारे निश्चित रूपमा भन्न सकिने अवस्था नरहेको देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१४ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक

दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो

कञ्चनपुर,१४ असोज । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथिको झोलुङ्गे पुल चुँडिँएको छ । बुधबार बिहान महाकाली नदीको बहावका कारण पुलको दोधारा चाँदनीतर्फको भागमा

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति