मोदीको निम्तो स्विकारे बालेनले, भारत जाने मिति कुर्दै

काठमाडौ , २८ असार । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह, अर्थात् बालेन, निकट भविष्यमा भारत भ्रमणमा जाने तयारी भइरहेको छ। दुवै देशले भ्रमणको मिति र अन्य व्यवस्थाबारे छलफल गरिरहेको स्रोतहरूले जनाएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणालाई प्रधानमन्त्री शाहले स्वीकार गरिसकनु भएको छ। यद्यपि भ्रमणको निश्चित मिति भने अझै तय भइसकेको छैन।

स्रोतका अनुसार भ्रमणको कार्यसूची र एजेन्डाबारे पनि औपचारिक सहमति भइनसकेको तथा दुवै पक्षबीच आवश्यक छलफल जारी रहेको छ। गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि बालेन्द्र शाहको यो भारतको पहिलो औपचारिक भ्रमण हुनेछ। भ्रमणले नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य र विभिन्न साझा हितका विषयमा उच्चस्तरीय संवादलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित