युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाल लगायत युवाको क्षेत्र सम्बन्धी कार्य गर्ने सङ्घ संस्थाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
युवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न छलफल सुरु गरेको हो।

छलफलमा उपस्थितहरूले युवाले विभिन्न क्षेत्रमा गरेका कामको मुल्यांकन गर्दै सम्मानजनक उपस्थितिको लागि ऐनमा समेटिनुपर्ने, अन्य देशहरूले युवाको क्षेत्रमा गरेको सकारात्मक कदमलाई पनि समेट्नुपर्ने सुझाव राखेका थिए। उक्त विषयलाई सम्बोधन गर्दै मन्त्री यादवले युवाहरूका क्षेत्रमा विश्वले कसरी काम गरिरहेको छ त्यसलाई मध्यनजर गर्दै विगतमा नेपालले गरेका सकारात्मक विषयहरूलाई समेत समेटिने बताउनुभयो।

छलफलमा मन्त्रालयका सचिव दिपक काफ्ले, पूर्व सचिव रामप्रसाद थपलिया,मन्त्रालयका सह सचिवहरू बाबुराम भण्डारी, मनिता श्रेष्ठ, वैदेशिक रोजगार बोर्डका सह सचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरे, नेपाल कानुन आयोगका उपसचिव जलेश्वर राम लगायतको उपस्थिति रहेको थियो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित