बर्लिन प्राइड कार्यक्रममा सवारी दुर्घटना, चालकको खोजी तीव्र

काठमाडौं,१० साउन । जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भीडमा एक गाडि पस्दा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । घटना टियरगार्टेन पार्क नजिक भएको हो । घटनापछि चालक फरार भएका छन् भने घटनास्थलमा क्षतिग्रस्त अवस्थामा एउटा सेतो गाडी फेला परेपछि प्रहरीले चालकको खोजीका लागि व्यापक अभियान सञ्चालन गरेको छ ।

 

बर्लिन प्रहरीका प्रवक्ता फ्लोरियन नाथका अनुसार एउटा सवारीसाधन टियरगार्टेन पार्कमा प्रवेश गरी धेरै मानिसलाई ठक्कर दिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । यद्यपि घटना नियोजित आक्रमण थियो वा थिएन भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनापछि ठूलो संख्यामा प्रहरी र उद्धार टोली परिचालन गरिएको थियो । प्रहरीले सम्भावित शंकास्पद व्यक्तिको खोजी तीव्र बनाइएको र घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ ।

 

बर्लिन प्रहरीले घाइते १७ जना मध्ये केहीको अवस्था जीवन–मरणको अवस्थामा रहेको जानकारी दिएको छ । पीडितका आफन्तका लागि छुट्टै सूचना केन्द्र पनि स्थापना गरिएको छ । घटनास्थलको निरीक्षणपछि बर्लिनका मेयर काइ वेग्नरले घटनाको कडा निन्दा गर्दै यसलाई बर्लिनको स्वतन्त्र, खुला र सहिष्णु समाज माथिको आक्रमण भएको बताउनु भएको छ । उहाँले पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको तीव्र अनुसन्धान हुने विश्वास व्यक्त गर्नु भएको छ ।

 

शनिबार बर्लिनमा सहिष्णुता र विविधताको पक्षमा आयोजित प्राइड कार्यक्रममा लाखौं सहभागी भएका थिए । ब्रान्डेनबर्ग गेट नजिक सांगीतिक कार्यक्रमसमेत चलिरहेका बेला राति करिब १०ः१५ बजे दुर्घटनापछि परेड तत्काल स्थगित गरिएको थियो । प्रहरीले सर्वसाधारणलाई टियरगार्टेन क्षेत्रबाट टाढा रहन र आपत्कालीन उद्धार कार्यमा सहयोग गर्न घर फर्किन आग्रह गरेको छ । घटनाको कारण र चालकको उद्देश्यबारे अनुसन्धान जारी रहेको छ । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

काठमाडौं ,१० साउन। भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा जारी रहेको कक्रोज जनता पार्टी (सीजेपी) को प्रदर्शन स्थगित गरिएको छ । आन्दोलनकारी समूहले सरकारसँग भएको छलफलपछि

हेटौँडामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

हेटौँडा, १० साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय अगाडि एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला परेका छन् । प्रारम्भिक जानकारीअनुसार मृतकको पहिचान

आजै डा. केसी र सरकारबिच वार्ता हुँदै

धनगढी ,१० साउन। धनगढीमा २४औं सत्याग्रह बसेका डा.गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जेपी अग्रवालको संयोजकत्वमा गठित समिति धनगढी पुगेको छ । समितिमा शिक्षा

प्रवासी नेपालीलाई विदेशी लगानी नेपाल भित्र्याउन अर्थमन्त्रीको आग्रह

काठमाडौं ,१० साउन। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गर्नु

एक रुपैयाँको नयाँ सिक्कामा ’चुच्चे नक्सा’ र ’आकाश भैरव’ रहने

काठमाडौं,१० साउन । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत गर्दै त्यसमा नेपालको चुच्चे नक्सासहित आकाश भैरवको चित्र समावेश गर्ने निर्णय गरेको छ ।

बर्लिन प्राइड कार्यक्रममा सवारी दुर्घटना, चालकको खोजी तीव्र

काठमाडौं,१० साउन । जर्मनीको राजधानी बर्लिनमा आयोजित वार्षिक क्रिस्टोफर स्ट्रिट डे (सीएसडी) प्राइड कार्यक्रममा शनिबार राति मानिसको भीडमा एक गाडि पस्दा कम्तीमा एक जनाको मृत्यु