कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन, तीन दिन शोक घोषणा

काठमाडौं,१३ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीनदिने शोक कार्यक्रम घोषणा गरेको हो । बैठकले नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

 

उपचारका क्रममा श्रावण १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उहाँको निधन भएको थियो । बैठकले पारित गरेको निर्णयअनुसार श्रावण १३, १४ र १५ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ । यस्तै, श्रावण १४ गते बिहीबार देशभरका सबै पार्टी कार्यालय बन्द रहने निर्णय गरिएको छ ।पार्टीले स्वर्गीय श्रेष्ठको सम्मानमा स्वर्गारोहण भएको दिनदेखि १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने जनाएको छ । त्यसैगरी, स्वर्गारोहणको १३औँ दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरिने तथा त्यसपछि जिल्लामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा फ्रिजको तार सर्ट भई आगलागी, साढे दुई लाखको क्षति

झापा,१३ साउन । झापाको मेचीनगरमा आज बिहान फ्रिजको तार सर्ट भएर आगलागी हुँदा साढे दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। बिहान ३ः५० बजे मेचीनगर

सगरमाथा आरोहण अनुमतिमा कडाइ गर्न पासाङ दावाको माग

काठमाडौं,१३ साउन । विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताउनु

राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं,१३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति

संसदीय सुनुवाइमा उजुरीकर्तामाथि सांसदहरूको प्रश्न ; ‘दरपीठपछि के गर्नुभयो ?’

काठमाडौं,१३ साउन । संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरिएको छ

झापामा दुई महिलाको मृत्यु , कारण बारे थाह पाँउ

दमक, १३ साउन । झापामा बुधबार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। सवारी दुर्घटना र करेन्ट लागेका कारण दुई महिलाले ज्यान गुमाएका हुन्। जिल्ला

दमकको खोल्सीमा रमेश दर्जी मृत फेला

दमक,१३ साउन । झापाको दमकमा खोल्सीमा डुबेको अबस्थामा एक जना मृत फेला परेका छन् । आज बिहान दमक ९ एमाले पार्टी कार्यालय नजिकैको खोल्सीमा डुबेको