झापामा दुई महिलाको मृत्यु , कारण बारे थाह पाँउ

दमक, १३ साउन । झापामा बुधबार छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। सवारी दुर्घटना र करेन्ट लागेका कारण दुई महिलाले ज्यान गुमाएका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–८ जिल्ला प्रशासन कार्यालय नजिक भित्री सडकमा कारको ठक्करबाट ९२ वर्षीया धनमाया खड्काको मृत्यु भएको हो। कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र १–०१–००२ च ०००५ नम्बरको कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी खड्कालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

गम्भीर घाइते हुनु भएकी खड्कालाई कार चालकले तत्काल ओमसाई पाथिभरा अस्पताल पु¥याएका थिए। उपचारका क्रममा बिहान ११ः३० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा संलग्न कार र चालक बुद्धशान्ति गाउँपालिका–२ निवासी ४६ वर्षीय मदन प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

 

यस्तै, भद्रपुर नगरपालिका–४ एग्रो कार्यालय नजिक मायालु वन क्षेत्रमा करेन्ट लागेर ६५ वर्षीया सन ज्योती लिम्बुको मृत्यु भएको छ। प्रहरीले जनाएअनुसार आफ्नै बारीमा हाती धपाउन लगाइएको नाङ्गो तार छोएपछि उहाँ करेन्ट लागेर ढल्नु भएको थियो । बुहारी सविता खड्काले बिहान करिब ११ बजे प्रहरीलाई खबर गरेपछि महेशपुर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी घटनास्थल पुग्दा लिम्बुको मृत्यु भइसकेको थियो। शवलाई घरमा सुरक्षित राखिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देउवा समूहको नयाँ व्यवस्था स् कांग्रेसका वडा–केन्द्रसम्म १८–२८ वर्षका युवा अनिवार्य

काठमानडौ,११ असोज ।नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्मका सबै कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य

“देशभर वर्षाको बितण्डा १ कतै नदीले घर बगायो, कतै पहिरोले बाटो छेक्यो, कतै बस्ती नै डुब्यो—नेपालमा अहिले कहाँ कस्तो अवस्था छ?

काठमाडौं ,११ असोज। लगातारको वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले बस्ती डुबाएको छ, पहिरोले सडक थुनेको छ र नदीले घर तथा संरचना बगाउन थालेका

मनाङमा बाढीको वितण्डा, चामेका पाँच घरमा पूर्ण क्षति

मनाङ,११ असोज । मनाङमा आएको बाढीले सदरमुकाम चामेमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण चामेका एक चर्चसहित पाँच घरमा पूर्ण क्षति पुगेको छ भने

उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ , डा.भट्ट

काठमाडौं,११ असोज । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व वृद्धि र नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सप्तरीमा बाढी ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित

सप्तरी ,११ असोज। लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको सतह बढ्दा सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी