बुस्टर डोज खोप

कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप अब ३ महिनामै लाउन मिल्ने

काठमाण्डौं/ अबदेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप तीन महिनामै दिइने भएको छ ।

यसअघि खोपको पहिलो शृङ्खला पूरा गरेको ६ महिनापछि मात्रै बुस्टर मात्रा लगाउने गरिएकोमा अब तीन महिनामा बुस्टर मात्रा खोप दिइने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. सागर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार अब यदि कसैले खोपकोे प्राथमिक मात्रा लगाएको तीन महिना पुगेको भए बुस्टर मात्राको रूपमा अर्को मात्रा लगाउँदा हुन्छ ।

विभिन्न देशमा गरिएको अध्ययन र राष्ट्रिय खोप सल्लाहकार समितिले प्राविधिक रूपमा गरेको अध्ययनलाई आधार मानेर खोपको प्राथमिक मात्रा पूरा गरेकाहरूलाई तीन महिनामै बुस्टर खोप दिने निर्णय गरिएको दाहालले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो शृङ्खलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रविले मतदान गरेसंगै पहिलो चरणको मतदान सम्पन्न

काठमाडौं,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले

बर्ड फ्लुका कारण ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार

शक्तिशाली भूकम्पपछि काराकासमा व्यापक क्षति

काठमाडौं,११ असार । भेनेजुएलाको काराकासमा हालै गएको शक्तिशाली भूकम्पपछि त्यहाँ व्यापक क्षति देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले सार्वजनिक गरेको फुटेजमा शहरको विभिन्न स्थानमा भग्नावशेष

वर्षायाममा बाजुराका हिमाली फाँटः धर्तीमै लुकेको स्वर्ग

बाजुरा,११ असार । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय