मधेश तनावः शीर्ष नेताहरू छलफलमा

मधेश,१४ साउन । मधेश मा पछिल्लो समय बिग्रँदै गएको सुरक्षा परिस्थिति र साम्प्रदायिक संवेदनशीलतालाई ध्यानमा राख्दै मधेश केन्द्रित दलका शीर्ष नेताहरू आपत्कालीन छलफलमा जुटेका छन्। राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यालयमा जारी बैठकमा मधेशमा देखिएको विद्यमान समस्या समाधानका लागि साझा धारणा तय गर्ने विषयमा गहन संवाद भइरहेको छ।

 

छलफलमा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष जयकान्त राउत तथा संविधानसभा सदस्य रामकुमार शर्मा लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।

 

सुनसरीबाट सुरु भएको हिंसात्मक गतिविधि भड्किँदै जाँदा यतिबेला सम्पूर्ण मधेश क्षेत्र तनावग्रस्त बनेको छ। क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र साम्प्रदायिक सद्भाव बिग्रन नदिन दलहरूले कसरी अगाडि बढ्ने भन्नेबारे साझा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं ,११ असोज। पर्वतको जलजला गाउँपालिका–८ फर्सेस्थित एक बस्तीमा कालीगण्डकी नदीको बाढी पस्दा २५ वटा घर बगेका छन् । आज बिहान करिब ८ बजे नदीको

ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि, इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

काठमाडौं ,११ असोज। नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालु आर्थिक वर्ष (आव) २०८३÷८४ को पहिलो दुई महिनामै उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको

मलेसियामा न्यूनतम तलब ३ हजार १०० रिंगिट पुर्‍याउने प्रस्ताव, ४ लाखभन्दा बढी नेपाली लाभान्वित हुन सक्ने

सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने

लालबकैया खोलाको पुल, बाँध र कटान–डुबान क्षेत्रको सुरक्षा अधिकारीद्वारा निरीक्षण

रौतहट अशोज११। रौतहट राजपुर नगरपालिका–२ स्थित लालबकैया खोलामा बाढी तथा वर्षाका कारण हुन सक्ने कटान र डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा अधिकारीसहितको टोलीले स्थलगत

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर,११ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

देशभरका प्रमुख नदीमा बाढीको चेतावनी : नारायणी दिनभर खतरा तहमा रहने, पश्चिमतिर सर्दै वर्षा प्रणाली

काठमाडौं , असोज ११ । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा