विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ले यस दुखद घटनाको आधिकारिक पुष्टि गरेको हो। गत सोमबार सामाजिक सञ्जाल एक्समा पुर्जाले सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल दोस्रो पटक सफलतापूर्वक आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने लक्ष्य रहेको बताउनु भएको थियो।
तर पाकिस्तानको कराकोरम शृङ्खलामा रहेको ८ हजार सडचालीस मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा बिहीबार १० सदस्यीय टोली हिमपहिरोमा परेको थियो। दुर्घटनामा पुर्जासहित उहाँका भरपर्दा सहयात्री एवं गाइडहरू पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा गरी ६ जना नेपाली र अन्य ४ जना विदेशी आरोहीको ज्यान गएको छ।

पूर्व ब्रिटिस गोर्खा तथा रोयल नेभीका सैनिक पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर विश्व कीर्तिमान रचनु भएको थियो। उहाँको यो साहसिक यात्रा नेटफ्लिक्सको चर्चित वृत्तचित्र ’१४ पिक्सः नथिङ इज इम्पोसिबलमा समेटिएको छ। सन् २०२१ मा के–टु हिमालको ऐतिहासिक हिउँदकालीन आरोहण गरेर नेपाली आरोहीहरूको व्यावसायिकतालाई विश्वसामु उच्च बनाउनु भएको पुर्जाको निधनले सिङ्गो पर्वतारोहण जगतलाई अपूरणीय क्षति पुगेको छ।

प्रधानमन्त्री लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले यस दुखद घडीमा गहिरो समवेदना प्रकट गर्नु भएको छ। मृत्युलाई पटक–पटक जितेर फर्किनु भएको निम्सदाइ हिउँमै अस्ताए पनि उहाँको ‘नथिङ इज इम्पोसिबल’ भन्ने विचार र साहसले आगामी पुस्तालाई सधैँ प्रेरित गरिरहनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर,११ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

देशभरका प्रमुख नदीमा बाढीको चेतावनी : नारायणी दिनभर खतरा तहमा रहने, पश्चिमतिर सर्दै वर्षा प्रणाली

काठमाडौं , असोज ११ । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा

अविरल वर्षा र हावाहुरीले मधेशको जनजीवन अस्तव्यस्त, धनुषामा पहिरोले ज्यान लियो

जनकपुर , असोज ११। मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा

काठमान्डौ,२२ असोज। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुट्नुभएको छ । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा

झापा–५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किन मनोनयन दर्ता गरे सत्यनारायण चौधरीले?

२०२५ सालमा जन्मनुभएका चौधरी वडा तथा नगर समितिमा रहेर विभिन्न जिम्मेवारी पूरा गरिसक्नुभएको छ। उहाँ तीन पटकसम्म महाधिवेशन प्रतिनिधि बन्नुभएको छ।

आकर्षक उपहारको प्रलोभनमा बिर्तामोडमा चिठ्ठा धन्दा: नक्कली सदस्य खडा गरेर करोडौँको ठगी

बिर्तामोड, असोज ११ । झापाको बिर्तामोडमा कानुनी रूपमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय र अवैध चिठ्ठाका नाममा हजारौँ सर्वसाधारण ठगिने क्रम तीव्र बनेको छ। एनके, ब्राभो, अजम्बरी,