जनकपुर वार्ता

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता भएपछि अहिले १ घण्टाको लागि ब्रेक लिइएको छ । गृहमन्त्री सुदन गुरुङसहित, रास्वपाका सांसद, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलसहित एसपी, डिएसपी, डिआईजी लगायका सुरक्षा निकायका पदाधिकारीसहितको टोलीहरु पनि वार्तामा सहभागी रहनु भएको छ।

 

पहिलो चरणको वार्ता सिद्धिएर निस्किने बेला सञ्चारकर्मीहरु संग छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले हिन्दूवादी संगठनले उठाएका मागहरु आफूले गम्भिर भएर सुनेको बताउनु भएको छ । उहाँले सबै माग तत्कालका लागि पूरा गर्न नसकिने देखिएको बताउनु भएको छ । उहाँले जायज मागहरु तत्कालै सम्बोधन गर्ने जानकारी दिनु भएको छ ।

 

वार्तामा सहभागी विश्व हिन्दू परिषद नेपाल, धनुषाका अध्यक्ष जानकी रमनले हिन्दू राष्ट्र कायम गर्नेमा आफूहरु अडिग रहेको जानकारी दिनु भयो । गृहमन्त्री गुरुङले तत्कालै सम्भव नभएकोले हिन्दू राष्ट्र कायम गर्ने भन्ने विषयलाई केन्द्रमा छलफल गरेर अगाडि बढाईने आश्वासन दिएको अध्यक्ष रमनले बताउनु भयो । उहाँले आफूहरुको अन्य मागहरु प्रति गृहमन्त्री साकारात्मक देखिएको जानकारी दिनु भयो । अर्को चरणको वार्ता आजै १ घण्टा पछि बस्ने बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

जनकपुर,११ असोज । मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

देशभरका प्रमुख नदीमा बाढीको चेतावनी : नारायणी दिनभर खतरा तहमा रहने, पश्चिमतिर सर्दै वर्षा प्रणाली

काठमाडौं , असोज ११ । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेसँगै बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलविज्ञान तथा

अविरल वर्षा र हावाहुरीले मधेशको जनजीवन अस्तव्यस्त, धनुषामा पहिरोले ज्यान लियो

जनकपुर , असोज ११। मधेश प्रदेशका विभिन्न जिल्लामा भइरहेको अविरल वर्षा तथा हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र हावाहुरीका कारण पर्सा, बारा, रौतहट,

टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा

काठमान्डौ,२२ असोज। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट छुट्नुभएको छ । गएरातिदेखि प्रहरीको नियन्त्रणमा रहेका जबरा आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा

झापा–५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किन मनोनयन दर्ता गरे सत्यनारायण चौधरीले?

२०२५ सालमा जन्मनुभएका चौधरी वडा तथा नगर समितिमा रहेर विभिन्न जिम्मेवारी पूरा गरिसक्नुभएको छ। उहाँ तीन पटकसम्म महाधिवेशन प्रतिनिधि बन्नुभएको छ।

आकर्षक उपहारको प्रलोभनमा बिर्तामोडमा चिठ्ठा धन्दा: नक्कली सदस्य खडा गरेर करोडौँको ठगी

बिर्तामोड, असोज ११ । झापाको बिर्तामोडमा कानुनी रूपमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय र अवैध चिठ्ठाका नाममा हजारौँ सर्वसाधारण ठगिने क्रम तीव्र बनेको छ। एनके, ब्राभो, अजम्बरी,