ट्रम्पको गाजा शान्ति योजनामा नेतन्याहुको असहमति

काठमाडौं,१९ साउन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गाजा शान्ति योजनाको कार्यान्वयनबारे केही असहमति रहेको बताउनु भएको छ । उहाँले गाजाको पुनर्निर्माण प्रक्रिया सुरु गर्नुअघि हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण आवश्यक रहेको स्पष्ट पार्नु भएको छ । अल जजिराका अनुसार नेतन्याहुले ट्रम्प प्रशासनको पछिल्लो ‘बोर्ड अफ पिस’ सम्झौताबारे टिप्पणी गर्दै हमासलाई निशस्त्र बनाएर गाजा क्षेत्रलाई सैन्यमुक्त (डिमिलिटराइज्ड) गरेपछि मात्र पुनर्निर्माणको चरणमा जानुपर्ने बताउनु भयो।

 

‘राष्ट्रपति ट्रम्पसँग हालैको हमाससम्बन्धी सम्झौतामा मेरा केही असहमति छन, जुन म लुकाउँदिनँ । गाजा पुनर्निर्माणको चरणमा जानुअघि हमासलाई निशस्त्र बनाउनुपर्छ र गाजालाई सैन्यमुक्त गर्नुपर्छ,‘ नेतन्याहुले भन्नु भयो ।उहाँले ‘बोर्ड अफ पिस’ का प्रमुख दूत निकोलाय म्लाडेनोभसँगको भेटपछि यस्तो धारणा सार्वजनिक गर्नु भएको हो । यसैबीच, गाजा संक्रमणकालीन योजनाको कार्यान्वयनबारे बोर्ड अफ पिसले पनि इजरायली सेनाले गाजाबाट पूर्ण रूपमा फिर्ता हुने प्रक्रिया हतियार नष्ट भएपछि मात्र सुरु हुने स्पष्ट पारेको छ ।

 

बोर्डले इजरायली रक्षा बल (आईडीएफ) ‘येलो लाइन’ भन्दा पछाडि हट्नुअघि गाजामा रहेका सबै हतियारको पूर्ण निष्क्रियकरण आवश्यक रहेको जनाएको छ । बोर्ड अफ पिसले हालैका केही रिपोर्टमा उल्लेख भएजस्तो इजरायली सेनाको तत्काल वा आंशिक फिर्ती हुने कुरा गलत भएको बताएको छ । उसले हमासले मध्यस्थकर्ताहरूसँग गरेको प्रतिबद्धताअनुसार हल्का हतियार, भारी हतियार र सुरुङ संरचना सबैको अन्त्य भएपछि मात्र आईडीएफ येलो लाइनभन्दा बाहिर जाने जनाएको छ । बोर्डले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘लक्ष्य स्पष्ट छ—गाजामा रहेका सबै हतियारको पूर्ण निष्क्रियकरण र बन्दुकको शासनबाट नागरिक शासनतर्फको संक्रमण ।’

 

बोर्डका अनुसार गाजामा स्थिर नागरिक प्रशासन स्थापना गर्ने र इजरायली तथा प्यालेस्टिनी दुवै समुदायका लागि सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यले संक्रमणकालीन प्रक्रिया अघि बढाइनेछ । यस प्रक्रियाको निगरानी अन्तर्राष्ट्रिय स्थायित्व बल (इन्टरनेसनल स्टेबलाइजेसन फोर्स) र कार्यान्वयन प्रमाणीकरण समितिले गर्ने जनाइएको छ । उक्त समितिमा अमेरिका र बोर्ड अफ पिसका प्रतिनिधिहरू रहनेछन् । यता, इजरायलका केही अधिकारीहरूले भने ट्रम्पले प्रस्ताव गरेको गाजा रोडम्यापले इजरायलको आधिकारिक धारणा पूर्ण रूपमा प्रतिबिम्बित नगरेको बताएका छन ।

 

टाइम्स अफ इजरायलका अनुसार प्रधानमन्त्री कार्यालयका प्रवक्ता डोरोन स्पिलम्यानले सार्वजनिक गरिएको सम्झौताको संस्करण इजरायलको अडानसँग मेल नखाने बताउनु हुन्छ । उहाँले इजरायलले आफ्नो चासो र सुझाव अमेरिकी अधिकारीहरूलाई पठाइसकेको जानकारी दिनु भयो ।स्पिलम्यानले भन्नु भयो, ‘निशस्त्रीकरण भन्नाले हमासले आफ्ना हतियार भौतिक रूपमा बुझाउनु हो । पूर्ण निशस्त्रीकरणबाहेक अन्य कुनै पनि व्यवस्था भएमा हमासले फेरि इजरायललाई खतरा पु¥याउने क्षमता राख्नेछ ।’

 

तर, इजरायलका राष्ट्रपति इसाक हर्जोगले भने बोर्ड अफ पिसको पहलप्रति सकारात्मक धारणा व्यक्त गर्नु भएको छ । उहाँले ट्रम्पको २० बुँदे गाजा शान्ति योजनालाई सकारात्मक कदम भएको बताउँदै हमासको पूर्ण निशस्त्रीकरण आवश्यक रहेको उल्लेख गर्नु भएको छ । अधिकारीहरूका अनुसार यो रोडम्याप यसअघि सहमति भएको २० बुँदे गाजा शान्ति योजनामा आधारित छ । बन्धकहरूको रिहाइ र शव फिर्ता भएपछि करिब आठ महिनासम्म चलेको वार्तापछि उक्त योजनालाई चरणबद्ध कार्यान्वयन ढाँचामा रूपान्तरण गरिएको हो । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री गुरुङको मृतक परिवारबीच वार्ता सुरु

काठमाडौं,१९ साउन । गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ । वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल

बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

बाजुरा,१९ साउन । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित पर्यटकीय क्षेत्र छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला पर्नु भएको छ । सोही पालिकाको वडा.नम्बर ७

ककनीलाई विकास र सम्भावनाको केन्द्र बनाउन माग

काठमाडौं,१९ साउन । अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले ककनी गाउँपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा खेलेको भूमिकाको उचित मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । उहाँले ककनीलाई फोहोर

मिलापको आयोजनामा गीति एल्बम ‘जागृति’ लोकार्पण

काठमाडौँ,१९ साउन । महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पु¥याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ लोकार्पण गरिएको छ । दाहालका ‘स्वेतपत्र’ महाकाव्य र ‘योद्धा’

बजारमा ग्यास अभावबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,१९ साउन । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ । सरकारका मुख्य सचिव