शनिबार झापा, इलामसहित पूर्वका ४ जिल्लामा १२ घण्टा बत्ती जाने

झापा, २२ साउन । नेपाल विद्युत् प्राधिकरणले पूर्वाञ्चलका केही जिल्लाहरूमा शनिबार अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द (लाइन कट) हुने जनाएको छ। मोरङस्थित केरौन १३२÷३३ के.भी. सबस्टेशनका उपकरणहरूको परीक्षण तथा सञ्चालनका साथै दुहबी–दमक १३२ के.भी. प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच ’डेड एन्ड’ टावर जडान कार्य सम्पन्न गर्न लाइन बन्द गर्न लागिएको हो।

 

प्राधिकरणका अनुसार २०८३ साउन २३ गते शनिबार बिहान ४ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म (कुल १२ घण्टा) विद्युत् आपूर्ति प्रभावित रहनेछ।

 

प्रभावित हुने क्षेत्रहरूःपूर्ण रूपमा बन्द हुने जिल्लाहरूः झापा, इलाम, पाँचथर र ताप्लेजुङ (सम्पूर्ण क्षेत्र)

आंशिक रूपमा बन्द हुने क्षेत्रः मोरङ जिल्लाको उर्लाबारी, पथरी र आसपासका क्षेत्रहरू

निर्धारित प्राविधिक काम सकिनेबित्तिकै विद्युत् आपूर्ति पुनः सुचारु गरिने प्राधिकरणले जनाएको छ। यदि तोकिएको समयभन्दा अगावै काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् सेवा समयअगावै सञ्चालनमा ल्याइनेछ।

विद्युत् कटौतीबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना समेत गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा रतुवा र मावाको किनारका बस्ती हटाइने

दमक, १० असोज । दमक नगरपालिकाले बाढीको जोखिममा रहेका क्षेत्रका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। शुक्रबार दमक नगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको

कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढ्यो, ४३ ढोका खोलिए

सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको  विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी