संविधानले विविधतामा एकता र सबैको हक सुनिश्चित गरेको छः राष्ट्रपति पौडेल

काठमाडौं,२४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ ।३२ औं विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउनु भएको छ ।

 

उहाँले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गर्नु भएको छ । उहाँले भन्नु भयो, ‘आदिवासी जनजातिहरू यस धर्तीका धर्तिपुत्रहरु हुन्, जसको जल, जमिन र प्राकृतिक स्रोतसँग अटुट र आध्यात्मिक सम्बन्ध रहेको छ ।’राष्ट्रपति पौडेलले राज्यको नीति निर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्क अनुसार, स्थानीय तहमा आदिवासी जनजातिको प्रतिनिधित्व उत्साहजनक रूपमा ३६.८ प्रतिशत रहेको स्पष्ट पार्नु भएको छ । उहाँले विस्तारै शिक्षामा पहुँच पुर्याएर अगाडि वढ्न आजको आवश्यकता भएको आफूलाई लागेको बताउनु भयो ।

 

उहाँले नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि आदिवासी अधिकारको पक्षमा अग्रपंक्तिमा उभिएको उल्लेख गर्दै नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तराष्ट्रिय महासन्धि ‘आई.एल.ओ. महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताउनु भयो ।उहाँले भन्नु भयो, ‘आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र र जैविक विविधता महासन्धिप्रति हाम्रो पूर्ण प्रतिबद्धता रहेको छ । यी अन्तराष्ट्रिय दस्तावेजहरूले आदिवासीको अधिकार र सांस्कृतिक स्वायत्ततालाई मान्यता दिएको छ ।’

 

राष्ट्रपति पौडेलले आदिवासी जनजातिमा रहेको परम्परागत ज्ञान, सीप र प्रविधिलाई व्यावसायिक रूपान्तरण गरी उनीहरूको आर्थिक सशक्तीकरण गर्नु आजको आवश्यकता भएको बताउँदै ओपन एयर लिभिङ म्युजियम जस्ता अवधारणाहरू मार्फत आदिवासी संस्कृतिलाई पर्यटनसँग जोडी आर्थिक लाभ लिने नीति हामीले अवलम्बन गर्नुपर्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आदिवासी जनजातिका मुद्दा सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ : जगत बराम

काठमाडौं,२४ साउन । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष जगत बरामले आदिवासी जनजातिका बाँकी मुद्दालई संवैधानिक रूपमा सुनिश्चित गर्न संविधान संशोधनमा बहसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने

एनपीएल तेस्रो संस्करणः कात्तिक ९ देखि मंसिर ५ सम्म हुने

काठमाडौं,२४ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको

रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम चलाउने

काठमाडौं,२४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै

कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु,२४ साउन । तीन दिनदेखि बेपत्ता कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता पैसठी वर्षीय किरण सिंह मृत अवस्थामा फेला पर्नु भएको छ। शुक्रबार दिउँसो

संविधानले विविधतामा एकता र सबैको हक सुनिश्चित गरेको छः राष्ट्रपति पौडेल

काठमाडौं,२४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताउनु भएको छ ।३२ औं

नेपालको सांस्कृतिक विविधता नै राष्ट्रिय सामथ्र्य हो : एमाले अध्यक्ष ओली

काठमाडौं,२४ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताउनु भएको छ ।आइतबार