कोलम्बिया भूकम्पः ४८ घण्टापछि पनि ८ जना जीवितै फेला, २६५ को मृत्यु

काठमाडौं,२८ साउन । कोलम्बियामा दुई दिनअघि आएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य जारी रहँदा भग्नावशेषबाट आठ जनालाई जीवितै उद्धार गरिएको छ । पश्चिमी क्षेत्रका विभिन्न सहरलाई प्रभावित पार्ने गरी सोमबार बिहान स्थानीय समयअनुसार ७ः३४ बजे ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।भूकम्पका कारण काली सहरस्थित ‘टोरेस डेल लिमोनार’ नामक आवासीय भवन पूर्णरूपमा भत्किएको थियो । भवन भत्किँदा दर्जनौं मानिस भग्नावशेषमा पुरिएका थिए । उद्धारकर्मी र स्वयंसेवकहरूले निरन्तर रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका छन् ।

 

भूकम्पपछिको अत्यन्त महत्वपूर्ण मानिने पहिलो ४८ घण्टाको अवधिमा उद्धार टोलीले जीवित व्यक्तिको खोजीमा ध्यान केन्द्रित गरेको थियो । यस अवधिमा आठ जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको जनाइएको छ । तर, समय बित्दै जाँदा जीवित भेटिने सम्भावना कम हुँदै गएपछि उद्धार टोलीले अहिले मृतकको शव खोजी तथा व्यवस्थापनमा बढी ध्यान दिन थालेको छ ।कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले बुधबार दिएको जानकारीअनुसार भूकम्पबाट ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ । साथै, ३ हजार ४९४ जना घाइते भएका छन् भने ४९६ जना अझै बेपत्ता रहेका छन् । राष्ट्रपतिका अनुसार देशभर ११ हजारभन्दा बढी घर पूर्णरूपमा ध्वस्त भएका छन् । यस प्राकृतिक विपत्तिबाट ५३ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

 

सरकारले प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापना कार्यलाई तीव्रता दिएको जनाएको छ । उद्धार टोली, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू अझै पनि बेपत्ताहरूको खोजीमा खटिएका छन् । भूकम्पबाट सबैभन्दा बढी क्षति कालीसहित पश्चिमी कोलम्बियाका सहरहरूमा भएको बताइएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रमा अस्थायी आश्रयस्थल स्थापना गर्नुका साथै खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवाको व्यवस्था गर्न प्रयास जारी राखेका छन् । भूकम्पपछि परकम्पनहरू पनि आइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । सीसीटीभी

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको