सुनामीको चेतावनी

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं,३० साउन । इन्डोनेसियामा शनिबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ३ बजेर २८ मिनेटमा गएको भूकम्प ४९ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको थियो ।भूकम्पको केन्द्रबिन्दु ८.५५७ डिग्री दक्षिण अक्षांश र १२१.१८१ डिग्री पूर्वी देशान्तरमा रहेको एनसीएसले जनाएको छ । शक्तिशाली भूकम्पपछि युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)ले सुनामीको चेतावनी समेत जारी गरेको छ ।

 

मुख्य भूकम्पपछि फ्लोरेस सागर क्षेत्रमा लगातार दुईवटा शक्तिशाली परकम्पसमेत गएको एनसीएसले जनाएको छ । बिहान ३ बजेर ४३ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्प ६३ किलोमिटर गहिराइमा रहेको थियो ।त्यसको करिब १५ मिनेटपछि बिहान ३ बजेर ५८ मिनेटमा सोही क्षेत्रमा ६.० म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । यसको केन्द्र ४२ किलोमिटर गहिराइमा रहेको एनसीएसले जनाएको छ ।

 

फ्लोरेस सागर इन्डोनेसियाका फ्लोरेस र सुलावेसी द्वीपबीचको क्षेत्रमा पर्छ । लगातार शक्तिशाली भूकम्प गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले अवस्थाको निगरानी बढाएका छन् । इन्डोनेसिया विश्वका सक्रिय भूकम्पीय तथा ज्वालामुखीय क्षेत्रमध्ये एक हो । यहाँ प्रशान्त महासागर वरपर फैलिएको सक्रिय भूकम्पीय क्षेत्रका कारण बारम्बार भूकम्प जाने गर्छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं,३० साउन । इन्डोनेसियामा शनिबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ३ बजेर २८

स्वास्थ्य उपचार र बीमा सुधारबारे प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौं,३० साउन । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ बनाउने विषयमा शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ।प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको