होम्ताङ आयूर्वेदिक अस्पताल सञ्चालनमा

दमकमा खुल्यो आयूर्वेदिक अस्पताल, आयूर्वेद पद्धतीको विस्वास बढेको ठहर

दमक/

झापाको दमक ६ मा होम्ताङ आयूर्वेदिक अस्पताल सञ्चालनमा आएको छ । विभिन्न रोगहरुको आयूर्वेदिक पद्धतीद्धारा उपचार गर्ने लक्ष्यका साथ १ करोड रुपैँया लगानीमा अस्पताल सञ्चालनमा आएको हो । अस्पतालको प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले गर्नु भएको थियो ।
दमक ६ थानारोडमा नयाँ आयूर्वेदिक अस्पतालमा सञ्चालनमा आएको छ ।

निजी स्तरको लगानीमा स्थापीत अस्पतालमा विभिन्न रोगको आयूर्वेदिक पद्धतीद्धारा उपचार गरिने बताइएको छ । छारसुत्र, पञ्चकर्म, जानुबस्ती, पोट्टली स्वेद, शिरोधार, लगायतका पद्धतीद्धारा बिना दुखाई विभिन्न प्रकारका रोगको उपचार यहाँ हुन्छ ।

प्राचीन यूगको उपचार पद्धती र यसमा प्रयोग हुने औषधि अर्थात जडीबुटिको नेपालमा प्रचुर सम्भावना भएपनि यसको प्रर्वधन हुन नसकेको नेपाल आयूर्वेदिक औषधि संघका केन्द्रिय सदस्य गंगा ढकालले बताउनु भयो । होम्ताङ आयूर्वेदिक अस्पतालको उद्धघाटन कार्यक्रममा बोल्दै ढकालले यसका उपचारका पद्धतीलाई राज्य स्तरबाटै पनि प्रर्वधन गरिनुपर्ने बताउनु भयो ।

अहिले जुन मात्रामा यसको प्रचार भएको छ त्यो पर्याप्त नभएको र यसमा सरकारले लगानी बढाउनु पर्नेमा उहाँको जोड थियो । आयूर्वेदिक उपचार मार्फत अन्य उपचार पद्धतीबाट निको नभएका दिर्घरोगीहरुको पनि सफल उपचार हुने गरेको स्मरण गर्दै यसलाई थप प्रर्वधन गर्न आवश्यक रहेको औँल्याउनु भयो ।

अस्पतालको उद्धघाटन सत्रमा बोल्दै प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आयूर्वेदिक उपचार पद्धतीको विकास हुने क्रम सुरु भएको बताउनु भयो । यो उपचार पद्धतीमा पनि आम नागरिकको विस्वास बढेकोले नै ठाउँ ठाउँमा यस सम्बन्धीका औषधि पसल खुल्नु र पछिल्लो समय अस्पतालहरुनै सञ्चालनमा आउनु नागरिकमा आयूर्वेदिक प्रतीको विस्वास बढ्दै गएको बताउनु भयो ।

यसलाई थप व्यवस्थित गर्दै राज्य स्तरबाट पनि नितीगत रुपमा निणर्य गराएर अघी बढ्न आफु तयार रहेको उहाँले प्रतिवद्धता जनाउनु भयो । आफु यस अघि सामाजीक विकास मन्त्री हुँदा र अहिले त्यहि मन्त्रालय फुटेर बनेको बेग्लै स्वास्थ्य मन्त्रालय बन्नु पनि प्रदेश १ सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखीको भन्ने कुरा बुझ्न पनि उहाँले अनुरोध गर्नुm भएको छ । पहिला एकै मन्त्रालयबाट धेरै क्षेत्रको काम गर्नुपर्दा खास सफलता नमिलेको तर अव स्वास्थ्यको मात्रै काम गर्ने गरिको मन्त्रालय छुट्टिएकोले स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकारबाट उल्लेख्य काम हुने दावी गर्नु भएको छ ।

बुधबारबाट सञ्चालनमा आएको होम्ताङ आयूर्वेदिक अस्पतालमा १४ शैयाको व्यवस्था गरिएको छ । आम मानिसमा लाग्ने सामान्य तथा जटिल सबै प्रकारका रोगको आयूर्वेदिक उपचार पद्धतीको विकसित प्रविधिको प्रयोग गरेर उपचार गरिने अस्पतालका सञ्चालक समितीका अध्यक्ष महेक थापाले जानकारी दिनुभयो । यो अस्पतालमा थापा सहित दिप लिम्बु र डा. प्रकाश लिम्बुको पनि लगानी रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,