बीपी प्रतिष्ठानको इमर्जेन्सी विभाग विस्तार

 

 

 

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी विभागको स्तरोन्नति गरेको छ । बेड अभावका कारण बिरामीलाई भुइँमा राखेर उपचार गर्दै आएको अस्पतालको इमर्जेन्सी विभागमा दैनिक २ सयदेखि २ सय ५० जना आउने गरेका छन् ।

एक बर्ष अघि ५० बेड क्षमताको इमर्जेन्सी विभागमा २१ बेड थपेर ७१ बनाए पनि बिरामी चाप धान्न सकेको थिएन । प्रतिष्ठानभित्र बाल आकस्मिक कक्ष र स्त्री तथा प्रसूति आकस्मिक कक्ष बेग्लै छन् । प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले ईमर्जेन्सीमा आउनेलाई थप सुलभ र प्रभावकारी ढंगले उपचार सुविधा उपलब्ध गराउन थप २० बेड विस्तार गर्दै नया मेडिकल उपकरण थपिएको बताए । उनले भने, ‘इमर्जेन्सीभित्रका आवश्यक स्थानमा १० थान पेसेन्ट मनिटर पनि जडान गरिएको छ ।’

उनका अनुसार पेसेन्ट मनिटरले अक्सिजन लेभल, इसीजी, मुटुको चाल, श्वासप्रश्वासलगायत मनिटर गर्छ । उक्त मेशिनको जडानले स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरी बिरामीको गुणस्तरिय उपचार गर्न थप सहयोग मिल्ने सहप्रवक्ता डा पोखरेलले बताए ।

सिकिस्तका लागि हाई फ्लो डिभाइस, डेफिब्रिलेटरलगायत उपकरण पनि थप गरिएको छ भने इमर्जेन्सी क्रास कार्ट पनि थप गरिएको उनले बताए । भेन्टिलेटरको आवश्यकता नपर्नेका लागि एचडियु बेड पनि जडान गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।