दमकमा थपियो नयाँ डेन्टल क्लिनिक, युवाको लगानी र उद्यमशीलतामा जोड

दमक, ४ भदौ । दमकमा पछिल्लो समय दन्त उपचारसम्बन्धी क्लिनिकहरू थपिने क्रम बढेको छ। तीव्र प्रतिस्पर्धात्मक बजारका बीच सर्वसाधारणलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने उद्देश्यले दमकमा तेजस डेन्टल केयर क्लिनिक सञ्चालनमा ल्याइएको छ।

 

दमक–६ स्थित केडी कम्प्लेक्समा औपचारिक कार्यक्रम आयोजना गरी बिहिबार क्लिनिकको उद्घाटन गरिएको हो। दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंलगायत सामाजिक क्षेत्रका व्यक्तिहरूको संयुक्त उपस्थितिमा रिबन काटेर क्लिनिकको उद्घाटन गरिएको थियो।

 

क्लिनिकका सञ्चालक कमल गैरेका अनुसार दमकमा दन्त उपचारका लागि आउने सर्वसाधारणको पहुँचलाई सहज बनाउने उद्देश्यले आधुनिक प्रविधि तथा विशेषज्ञ चिकित्सकीय सेवासहित क्लिनिक सञ्चालनमा ल्याइएको हो।

उहाँका अनुसार क्लिनिकमा गरिब तथा विपन्न परिवार, बालबालिका र ज्येष्ठ नागरिकका लागि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। आर्थिक रूपमा कमजोर तथा उपचार खर्च जुटाउन कठिन हुने वर्गका लागि निःशुल्क दन्त उपचारको सुविधा समेत उपलब्ध गराइने सञ्चालक गैरेले जानकारी दिनुभयो ।

सोही अवसरमा तेजस डेन्टलसँगै नयाँ क्याफेको समेत उद्घाटन गरिएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरू तथा स्थानीयको सहभागितामा बबल बिज नामक क्याफे को समेत औपचारिक शुभारम्भ गरिएको हो।

 

कार्यक्रममा बोल्दै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले अहिलेको व्यवसायिक चुनौतीका बीच नयाँ व्यवसाय सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण काम भएको बताउनुभयो। उहाँले युवाहरूले सुरु गरेका यस्ता नयाँ व्यवसायलाई राज्यका तर्फबाट संरक्षण र प्रोत्साहन गर्ने नीति आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमकमा नयाँ व्यवसाय सञ्चालन गर्ने युवाहरूलाई स्वागत गर्दै कानुन र राज्यका नीति–नियमको पालना गरेर सञ्चालन गरिने व्यवसायले वैधानिकता पाउनुका साथै राज्यबाट उपलब्ध हुने विभिन्न सेवासुविधाको लाभ लिन सक्ने बताउनु भयो ।

 

नगरप्रमुख थापाले नगरपालिकाले तत्काल कर बढाउने नीति नलिएको भए पनि करको दायरा विस्तार गर्ने अभियान भने निरन्तर सञ्चालन गरिरहेको जानकारी गराउनु भयो । उहाँका अनुसार आगामी असोज महिनादेखि करको दायरा विस्तार गर्ने अभियानलाई थप प्रभावकारी बनाइनेछ।

पछिल्लो समय दमकमा युवाहरूले विभिन्न क्षेत्रमा लगानी गर्दै नयाँ व्यवसाय सञ्चालन गर्ने क्रम बढिरहेको छ। युवाले आफ्नै लगानी, सीप र क्षमताको प्रयोग गरेर सुरु गरेका यस्ता व्यवसायले रोजगारी सिर्जनासँगै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ।

 

तेजस डेन्टल क्लिनिकका सञ्चालक कमल गैरेले करिब ३८ लाख रुपैयाँ लगानीमा आधुनिक मेसिन तथा विशेषज्ञ चिकित्सकसहित क्लिनिक सञ्चालनमा ल्याउनु भएको हो । त्यस्तै, कौशल श्रेष्ठले करिब ३० लाख रुपैयाँ लगानीमा नयाँ क्याफे सञ्चालनमा ल्याउनु भएको छ ।

ठूलो लगानी र युवाको ऊर्जासहित सुरु भएका यी व्यवसाय सफल भएमा अन्य युवाका लागि समेत उद्यमशीलताको प्रेरणाको स्रोत बन्न सक्ने देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

त्रास होइन, प्रमाणका आधारमा काम गर्न अख्तियारलाई मन्त्री गौतमको आग्रह

काठमाडौं,४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा

पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौंपटक भएन भनेर असन्तुष्ट हुन्छ : गगन थापा

काठमाडौं ,४ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालगायत तत्कालीन सत्ताको नेतृत्वप्रति कटाक्ष गर्दै चुनावमा बहुमत वा दुई तिहाइ प्राप्त हुँदैमा जनताको

ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

काठमाडौं,४ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल जारी रहेको छ ।छलफल क्रममा

वैदेशिक ऋण र अनुदानलाई फरक रूपमा हेर्नुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं,४ भदौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताउनु भएको छ ।प्रतिनिधिसभा अन्तर्गत

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी

दमकमा थपियो नयाँ डेन्टल क्लिनिक, युवाको लगानी र उद्यमशीलतामा जोड

दमक, ४ भदौ । दमकमा पछिल्लो समय दन्त उपचारसम्बन्धी क्लिनिकहरू थपिने क्रम बढेको छ। तीव्र प्रतिस्पर्धात्मक बजारका बीच सर्वसाधारणलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने उद्देश्यले