मोरङ जिल्ला खेलकुद विकास समितिको सदस्यमा उदास

वि.सं. २०३४ सालमा भोजपुरको टक्सारमा जन्मिएका उदास १३ वर्षको उमेरदेखि नै खेलकुद क्षेत्रमा सक्रिय भएका हुन्।

 

दमक, ५ भदौ । मोरङ जिल्ला खेलकुद विकास समितिले पूर्णता पाएको छ। इन्द्रकुमार योञ्जन तामाङ अध्यक्षमा चयन भएसँगै समितिले पूर्णता पाएको हो।

 

समितिको सदस्यमा उर्लाबारी निवासी ईश्वरलाल उदाससहित पाँच जना मनोनीत भएका छन्। मनोनीत सदस्यहरूको पद तथा गोपनीयताको शपथसमेत गराइएको छ। अन्य सदस्यमा मधुमल्लाका सुशान्त खड्का, पथरी शनिश्चरेकी भूमिकादेवी मगर र अनिता राई तथा रंगेलीका दिलीपकुमार डाँगी रहेका छन्।

 

भदौ ३ गते मंगलबार मनोनीत सबै सदस्यलाई शपथ गराइएको थियो। समितिको सदस्यमा मनोनीत उदास बडी बिल्डिङ खेलमा लामो समयदेखि सक्रिय छन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकका रूपमा समेत जिम्मेवारी निर्वाह गर्दै विभिन्न प्रतियोगिता सम्पन्न गराइसकेका छन्।

 

उर्लाबारीमा २०५८ सालदेखि ईश्वर मल्टी जिम एन्ड फिटनेस सेन्टर सञ्चालन गर्दै आएका उदासले उक्त केन्द्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बडी बिल्डर उत्पादनमा समेत योगदान पुर्‍याउँदै आएका छन्। उनको प्रशिक्षणबाट तयार भएका खेलाडीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक तथा ट्रफी जितेका छन्।

 

उदासको प्रशिक्षणबाट तयार भएका राम बस्नेत, विकास धिमाल, रोशन धिमाल, नवीन लिम्बू, राज लिम्बू र ललित धिमाललगायत खेलाडीले विभिन्न स्तरका प्रतियोगिता जित्दै बडी बिल्डिङ क्षेत्रमा आफ्नो पहिचान बनाएका छन्।

 

वि.सं. २०३४ सालमा भोजपुरको टक्सारमा जन्मिएका उदास १३ वर्षको उमेरदेखि नै खेलकुद क्षेत्रमा सक्रिय भएका हुन्। लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका उनलाई जिल्ला खेलकुद विकास समितिमा जिम्मेवारी दिइनुलाई खेल क्षेत्रको अनुभवलाई संस्थागत रूपमा उपयोग गर्ने अवसरका रूपमा हेरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जुम्लाको हाट सिँजामा चल्यो फोर–जी

काठमाडौं,५ भदौ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी

नेपालमा ‘सुपर एल निनो’को ९० प्रतिशत सम्भावना : पूर्वतयारीमा जुट्न मन्त्रीको आग्रह

काठमाडौं,५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा

मलसँग सम्बन्धित समस्याको अध्ययन गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन

काठमाडौं,५ भदौ ।सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ

२०८१ का लागि डा. माकाजु, २०८२ का लागि खनाल छनोट

काठमाडौं,५ भदौ । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान

नेपवेस्ट सम्झौता खारेज वा कार्यान्वयन गर्न मेयरहरुको माग

काठमाडौं,५ भदौ । ललितपुर महानगरपालिकाका नगर प्रमुख एवं काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले नेपाल सरकार र नेपवेस्टबीच भएको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौता तत्काल खारेज

बालिका बलात्कार तथा हत्याको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं,५ भदौ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर