चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देवघाटमा पानीको सतह ४.७६ मिटर रहेको छ। माथिल्लो क्षेत्रमा आएको बाढीको बहाव करिब दिउँसो ३:३० बजे देवघाट आइपुग्ने अनुमान गरिएको छ।

प्रारम्भिक आकलनअनुसार बाढीको बहावसँगै देवघाटमा पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिएको छ। यसअनुसार पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो बाढीको पुनरावृत्ति अवधि करिब २ देखि ३ वर्षको हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाको प्रारम्भिक आकलनअनुसार यसबाट चितवन र नवलपरासी क्षेत्रमा ठूलो डुबानको सम्भावना कम रहेको छ। यद्यपि नदीको बहाव अझै बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

अर्को सूचना जारी नभएसम्म नदी छेउछाउका बस्ती तथा बजारका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा

काठमान्डौ,१० भदौ। सरकारले तिब्बत क्षेत्रबाट आएको बाढीले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा

बाढी प्रभावित रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख पठाउँदै सरकार

काठमान्डौ,१० भदौ।  बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा आपत्कालीन व्यवस्थापनका लागि सरकारले रसुवा र नुवाकोटलाई एक–एक करोड तथा धादिङ जिल्लालाई ५० लाख रुपैयाँ पठाउने

टिमुरे भन्सार क्षेत्रमा मानिस पुरिएको आशंका : खोज्न ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

काठमाडौं,१० भदौ । रसुवाको टिमुरे स्थित भन्सार कार्यालय भएको स्थान आसापासमा मानिसहरू पुरिएको आशंका गरिएको छ ।पुरिएकाहरू लोकेट गर्न सशस्त्र प्रहरीले ड्रोनसहित टिम पठाउन लागेको

रसुवा भन्सार कार्यालयमा ३७ कर्मचारी मध्ये २० जना सम्पर्कविहिन

काठमान्डौ,१० भदौ। रसुवाको टिमुरेस्थित भन्सार कार्यालय बाढीले पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले भन्सार कार्यालयसहित आसपासका संरचनामा ठूलो क्षति पुर्‍याएको भन्सार

नेपालमा अप्रत्याशित बाढी : बिश्व स्वास्थ्य संघठनले पठाउने भयो यस्तो सहयोग

काठमाडौँ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।प्रधानमन्त्री बालेन्द्र शाहको

चीनबाट फेरि आयो सूचना, भोटेकोसी र त्रिशूली आसपासको जोखिम कायमै

काठमाडौं, १० भदौ । चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार भोटेकोसी नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै