‘अस्तित्व संकटमा पर्ने खतारा’

‘मुटु अस्पतालको ठाउँमा बाल अस्पताल’ रेडक्रस दमकका सस्थापक पक्षको विरोध

दमक/
नेपाल रेडक्रस सोसाईटि दमक उप-शाखाले आफ्नै स्वामित्वमा सञ्चालन गर्ने भनेर स्वास्थ्य कार्यालय झापाबाट १५ शैशाको मुटु अस्पताल सञ्चालनको अनुमिती लिएको थियो । रेडक्रसमा मुटु अस्पताल निर्माण गर्न भनेर सरकारी तहबाट पनि सहयोग जुट्यो । करिव १ करोड ३४ लाख रुपैँया खर्चेर अस्पतालको संरचना पनी बन्यो । तर यो अस्पताल सञ्चालनको अन्तिम तयारी भइरहेका बेला रेडक्रसको वर्तमान समिती अर्थात प्रकाश बुढाथोकीको समुहले मुटु अस्पतालको ठाउँमा बाल अस्पताल सञ्चालन गर्न काठमाडौकोे एक सस्थालाई दिएको प्रति सस्थापक पक्षले आपत्ती जनाएको छ ।

मुटु अस्पताल सञ्चालन गर्ने काम अघी बढीरँहदा यहि ठाउँमाी मुटु अस्पतालको सबै संरचना भत्काएर बाल अस्पताल बनाउन किन दिनु पथ्र्यो ? सस्थापक अध्यक्ष मान बहादुर बुढाथोकीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रश्न गर्नु भयो । अझ मुटु अस्पताल त रेडक्रस दमककै मातहतमा सञ्चालन हुनेवाला थियो । तर एककाएक काठमाडौ इन्स्ट्च्यिुट अफ चाइल्ड हेल्थलाई ३० वर्ष सम्म रेडक्रसको भवन तथा अन्य संरना निशुल्क रुपमा प्रयोग गर्ने दिने सम्मको सम्झौता के स्वार्थकालागि गरियो ? के रेडक्रस दमकलाई शरणार्थी बनाउन खोजीएको हो ? उहाँले प्रश्न गर्नु भयो ।

मुटु अस्पताल निर्माण गर्नकालागि भनेर प्रदेश १ सरकारबाट २०७६ साल जेष्ठ १४ र २७ गते दुई किस्ता गरि १४ लाख ३० हजार ३ सय ६५ रुपैँया प्राप्त भएको छ । यस्तै झापा क्षेत्र नं ५ केपी शर्मा ओलीको सांसद विकास कोशबाट ९० लाख ४५ हजार ७२ रुपैँया समेत प्राप्त भएको छ । यसमध्येबाट ५२ लाख ८८ हजार ४ सय रुपैँयामा अस्पताल पार्टेशन, बिद्युत, पानी जडान गरिएको भनेर उल्लेख गरिएको छ । साथै रेडक्रसको अक्षयको कोषको ४५ लाख मध्येबाट २० लाख ५ वर्षको ब्याज ९ लाख ३८ हजार गरि २९ लाख ३८ हजार पनि खर्च भइसकेको थियो । यसका साथै प्रदेश १ सरकारले अस्पताल सञ्चालनकालागि भनेर २२ लाख ५० हजार बराबरको बायोकेमिष्ट्रि अनालाईजर मेसिन समेत प्रदान गरेको मानबादुर बुढाथोकीद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यो सबै रकम खर्चे बनाइएको संरचना अहिले कहाँ छ ? सबै भत्काएर सरकारी सहयोग र रकमको दुरुपयोग भएन ’बुढाथोकीले आक्रोस हुँदै प्रश्न गर्नु भयो ।

करोडौको रकम खर्च गरेर बनाइएको मुटु अस्पताललाई परिवर्तन गरेर यहि ठाउँमा बाल अस्पताल किन ल्याइयो ? बाल अस्पताललाई ३० वर्ष सम्म रेडक्रसको संरचना निशुल्क सञ्चालन गर्नेबारेमा सम्झौता किन गरियो ? उहाँले पत्रकार सम्मेलनमा वर्तमान समितीका सभापति प्रकाश बुढाथोकीलाई प्रश्न गर्नु भयो ।

यहाँ बाल अस्पताल सञ्चालन हुनु सकरात्मक भएपनि रेडक्रसको अस्तित्व नै मासिने गरि अन्य सस्था आउँछन् भने आफुहरुलाई त्यो मान्य नहुने पत्रकार सम्मेलनका क्रममा सस्थापक बुढाथोकीका पक्षधरहरुले बिरोध गरेका थीए ।

डा. भगवान कोइराला अध्यक्ष रहेको काठमाडौ इन्स्ट्च्यिुट अफ चाइल्ड हेल्थले रेडक्रसको भवन प्रयोग गरेर

बाल अस्पताल सञ्चालन गर्दै गर्दा रेडक्रसले ३० वर्ष सम्म केहि पनि नपाउने गरि गरिएको सम्झौता खेदजनक रहेको उहाँले बताउनु भयो ।
जतिबेला सम्झौता भयो त्यसबेला आफु नेपाल बाहिर रहेको र फर्केर आउँदा रेडक्रस दमकको भित्री संरचनानै बदलीएको देख्दा आफु आश्चर्य चकित भएको उहाँले बताउनु भयो ।

हरेक समस्यासँगै समाधान पनि लिएर आउने भएकोले अझै पनि समाधानका विभिन्न विकल्पहरु रहेको र ती विकल्पकाबारेमा छलफल गरेर काम अघी बढाउन पनि उहाँले काठमाडौ इन्स्ट्च्यिुट अफ चाइल्ड हेल्थ र वर्तमान समतीलाई अनुरोध गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट