बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा खुल्यो बाल उद्यान, बालबालिकाका लागि के–के छन्

दमक, ७ असोज । दमक नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा कोलोनीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ। बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला बालबालिकाका लागि खेल्ने तथा मनोरञ्जन गर्ने खुला स्थानका रूपमा बाल उद्यान निर्माण गरिएको हो।

बालबालिकाका लागि विभिन्न खेल संरचना, युवाका लागि कसरत गर्ने साधन तथा ज्येष्ठ नागरिकका लागि बस्ने फलैँचासहितको संरचना निर्माण गरिएको छ।

बाल उद्यानको मंगलबार साँझ दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, वडा नम्बर २ का वडाध्यक्ष प्रजापति सापकोटा, वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने, वडा नम्बर ९ का वडाध्यक्ष कुबेर भट्टराई र नगरका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईलगायतको उपस्थितिमा उद्घाटन गरिएको हो।

दमकका विभिन्न वडाहरू अहिले बालमैत्री वडा घोषणा भइरहेका छन्। बाँकी वडाहरू पनि बालमैत्री घोषणा भएपछि समग्र नगरलाई नै बालमैत्री नगरका रूपमा घोषणा गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।

बालबालिकालाई घरभित्र मात्र सीमित नराखी बाहिर निस्किएर खेल्न तथा रमाउन सक्ने खुला स्थानका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिकाको लगानीमा बाल उद्यान निर्माण गरिएको नगरप्रमुख रामकुमार थापाले बताउनु भयो।

करिब ४ कठ्ठा क्षेत्रफलमा फैलिएको बाल उद्यान अझै पूर्ण रूपमा तयार भइसकेको छैन। यहाँ बगैँचा तथा अन्य हरियालीसम्बन्धी काम गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ।

बाल उद्यान निर्माणका लागि दमक नगरपालिकाले ३४ लाख ८९ हजार ८७७ रुपैयाँ लगानी गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारी वर्षा र चट्याङको जोखिम , वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय

वीरगन्ज,८ असोज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा

दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

सुर्खेत,८ असोज । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न स्थानमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित हुनुभएको छ । केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय

कांग्रेसमा देउवा समूहको समानान्तर महाधिवेशन तयारी, ५५ जिल्लामा संयोजक तोकिए

काठमाडौं,८ असोज । नेपाली कांग्रेसको समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा संयोजक तोकेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको

अपाङ्गता भएका व्यक्तिलाई इसेवाबाटै २ लाखसम्म कर्जा, यस्ता छन् सर्त

काठमाडौं,८ असोज । अब अपाङ्गता भएका व्यक्तिले बैंक धाउनुपर्ने झन्झटबिना इसेवा एपबाटै २ लाख रुपैयाँसम्म कर्जा लिन सक्ने भएका छन्। इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलले

ताप्लेजुङको दोभान बजारमा आगलागी , आगलागीको कारण र क्षतिको विवरण भने आउन बाकी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा