विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं,७८ असोज। नेपाल बाढी सूचनाका अनुसार आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।

नेपाल बाढी सूचनाले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोट तथा आसपासका जिल्लामा बहने स–साना नदीको बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ ।

ती क्षेत्रमा आकस्मिक बाढी (फ्लड)को (मध्यम जोखिम) रहेको जनाएको छ ।

यस्तै, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र तथा आसपासका जिल्लामा बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ ।

जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नदी तथा खोलाको बहाव बढ्न सक्ने अवस्थाप्रति सतर्क रहन आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशभर बाढीको जोखिम बढ्यो , प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान

काठमाडौं,८ असोज । लगातारको वर्षासँगै देशभरका प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन कोशी, नारायणी, कर्णाली, महाकालीसहितका प्रमुख नदी

गति निकै कम भइसकेकाले ठूलो दुर्घटना हुन पाएन

डोल्पा,८ असोज । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज अवतरण गरेर पार्किङतर्फ जाने क्रममा पछाडिको दाहिने भागको एउटा चक्का छुट्टिएको छ। बिहीबार बिहान नेपालगन्जबाट ७

हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

काठमाडौं,८ असोज । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई

स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे छानबिन हुनुपर्छ : संग्रौला

काठमाडौँ ,८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं ,८ असोज। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

काठमाडौं ,८ असोज। पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणको प्रयासको