भारी वर्षा र चट्याङको जोखिम , वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय

वीरगन्ज,८ असोज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एक दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालय ९सिंहदरबार, काठमाडौँ० को मिति २०८३÷०६÷०७ को पत्रानुसार आएको निर्देशनलाई आधार मान्दै महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरेको हो ।

मौसमको प्रतिकूल प्रभावलाई ध्यान दिँदै आगामी भोलि अर्थात् शुक्रबार एक दिनका लागि सम्पूर्ण विद्यालयहरूको पठनपाठन स्थगित गराउन अनुरोध गरिएको छ ।

साथै, सम्भावित विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा प्रभावित क्षेत्रका विद्यालय भवनहरूलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न समेत महानगरले सबै विद्यालयहरूलाई निर्देशन दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी थुनुवा अभिभावकद्वारा आन्दोलनको चेतावनी

काठमाडौं,८ असोज । जेनजी थुनुवा अभिभावक संघर्ष समितिले आफ्ना आफन्तहरुलाई दसैं अगाडि मुद्दा खारेज गरि कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरुका माग पुरा

निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं ,८ असोज। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको

भारी वर्षा र चट्याङको जोखिम , वीरगन्ज महानगरद्वारा शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय

वीरगन्ज,८ असोज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा

दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

सुर्खेत,८ असोज । प्रतिकूल मौसमका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय दैलेखले स्थानीयवासीलाई समयमै सचेत गराउन जिल्लाका विभिन्न स्थानमा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता

काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित हुनुभएको छ । केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय