दमक कांग्रेसमा सागर खनाल विजयी, कसको मत कति?

निर्वाचनमा कुल ३८७ मत खसेको थियो।
दमक ।  ९ असोज । नेपाली कांग्रेस दमक नगर समितिको सभापतिमा युवराज खनाल (सागर) निर्वाचित हुनुभएको छ।
वर्तमान उपसभापति रहनुभएका खनाल १५औँ नगर अधिवेशनबाट सभापतिमा १६५ मतसहित निर्वाचित हुनुभएको हो।
सभापति पदमा खनालसहित तीन जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो। निर्वाचनमा राजेन्द्र सिटौलाले १३९ मत प्राप्त गर्नुभयो भने प्रेम भट्टराईले ५९ मत प्राप्त गर्नुभयो।
यस्तै उपसभापतिमा ठाकुरहरी पोखरेल २ सय ८ मत सहित वीजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्दी नारायण धिमालले १ सय ३९ मत ल्याउनु भयो ।
यसैगरी सचिव पदमा यूवराज कोईराला निर्वाचीत हुनुभएको छ । उहाँले २ सय ३३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी लीला तिम्सिनाले १ सय ४२ मत मात्रै ल्याउनु भयो ।
र सह–सचिवमाभने निकै प्रतिस्पर्धात्मक परिणाम देखिएको छ । दुईजना उम्मेदवार रविन्द्र दाहाल र धर्मराज ढुङ्गानाबिच ५ मतको अन्तरले मात्रै बजयी हुनु भएको छ । १ सय ८४ मत ल्याएर दाहालले जीत निकाल्दा ढुङ्गेलको मत १ सय ७९ रहेको छ ।
निर्वाचन समिती संयोजक टीकारम भण्डारीका अनुसार शुक्रबार दमक–८ स्थित अर्गानिक कृषि भवनमा सम्पन्न निर्वाचनमा कुल ३८७ मत खसेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सप्तकोशीमा पानीको बहाव उच्च : कोशी ब्यारेजका ३४ ढोका खोलिए, तटीय क्षेत्रमा उच्च सतर्कता

इनरुवा , असोज ९ । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै

कोशी र मधेश प्रदेशबीच साझा आर्थिक समृद्धिका लागि ५ रणनीतिक पिल्लरमा सहकार्यको सहमति

विराटनगर , असोज ९। भौगोलिक सामीप्यता र आर्थिक अन्तरनिर्भरतालाई सहकार्यमा रूपान्तरण गर्दै कोशी र मधेश प्रदेशले संयुक्त आर्थिक समृद्धिका योजनाहरू अघि सारेका छन्। विराटनगरमा आयोजित

कोशीका पहाडी जिल्लामा बाढी–पहिरोको वितण्डा : ७ जिल्लामा रात्रिकालीन सवारी सञ्चालनमा रोक

विराटनगर , असोज ९। लगातारको वर्षाका कारण कोशी प्रदेशका पहाडी जिल्लाहरूमा बाढी र पहिरो जाँदा मुख्य लोकमार्ग तथा भित्री सडक खण्डहरू अवरुद्ध भएका छन्। प्रतिकूल

अध्यादेशले खारेज गरेका ८५ कानुन ब्युँताउन संसदमा नयाँ विधेयक दर्ता

काठमाडौँ , ९ असोज। सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन ब्युँताउन विधेयक संसदमा पुर्‍याएको छ । ‘सार्वजनिक पदाधिकारीको

एनके प्यूरिफायरको लक्की ड्र विवाद : गाउँगाउँमा खटिएका एजेन्टमाथि पैसा फिर्ताको चर्को दबाब

बिर्तामोड , ९ असोज। एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै

विराटनगरमा कांग्रेस वडा अधिवेशनका क्रममा कुटाकुट : एक उम्मेदवार प्रहरी नियन्त्रणमा

 विराटनगर , ९ असोज। विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच