झापा–५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा किन मनोनयन दर्ता गरे सत्यनारायण चौधरीले?

२०२५ सालमा जन्मनुभएका चौधरी वडा तथा नगर समितिमा रहेर विभिन्न जिम्मेवारी पूरा गरिसक्नुभएको छ। उहाँ तीन पटकसम्म महाधिवेशन प्रतिनिधि बन्नुभएको छ।

 

दमक, ११ असोज। झापा क्षेत्र नम्बर ५ का सत्यनारायण चौधरीले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि आफ्नो नाम मनोनयन दर्ता गराउनुभएको छ।

 

लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भएर सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय चौधरीले पछिल्लो समय रूपान्तरण हुँदै गएको कांग्रेसलाई अझ सशक्त बनाउन आफूले योगदान गर्न चाहेको बताउनुभएको छ।

 

मधेसी कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन दर्ता गराउनुभएका चौधरी यसअघि सम्पन्न विशेष महाधिवेशनमा समेत प्रतिनिधि बन्नुभएको थियो। उहाँले परिवर्तित कांग्रेस निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभयो।

 

उहाँले भन्नुभयो, “कांग्रेसप्रति आम जनता र कार्यकर्ताको मन जित्नुपर्छ। देश परिवर्तन गर्न कांग्रेसले नै सक्छ भन्ने कुराको प्रमाणित गर्नुपर्छ। त्यसैले कांग्रेसको महाधिवेशनमा गएर यही सन्देश दिन मनोनयन दर्ता गरेको हुँ।” उहाँले उज्यालो खबरसँगको कुराकानीमा यस्तो बताउनुभएको हो।

 

२०२५ सालमा जन्मनुभएका चौधरी वडा तथा नगर समितिमा रहेर विभिन्न जिम्मेवारी पूरा गरिसक्नुभएको छ। उहाँ तीन पटकसम्म महाधिवेशन प्रतिनिधि बन्नुभएको छ। अघिल्लो महाधिवेशनमा विनोद चौधरीसँगको मतान्तरका कारण केन्द्रीय सदस्यमा पराजितसमेत हुनुभएको थियो।

 

चौधरी विगत २५ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ।

झापा क्षेत्र नम्बर ५ बाट विभिन्न क्लस्टरबाट ३४ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। यस क्षेत्रअन्तर्गत पर्ने दमक र गौरीदह नगरपालिका तथा कमल र गौरीगञ्ज गाउँपालिकाबाट निर्वाचित ९ सय ८६ जना क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्नेछन्।

 

निर्वाचन संयोजक लीला खनालका अनुसार मतदान सोमबार बिहान ८ बजेदेखि गौरीगञ्जस्थित सामुदायिक भवनमा हुनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौँ, १२ असोज ।  रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत्

नारायणीको बाढीले बगाएर पुलमा अड्किएको ‘राइनो क्रुज’लाई तीन वटा क्रेनले निकालिँदै

काठमाडौं , १२ असोज। नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ । सकभर क्रुजलाई क्रेन लगाएर

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं , असोज १२। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार

चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीहरूको प्रतिबद्धता

काठमाडौं , असोज १२। दसैँ, तिहार तथा छठजस्ता मुख्य चाडपर्वका बेला सार्वजनिक सवारीको भाडा नबढाउने यातायात व्यवसायीहरूले घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय

एसएसपी खड्कालाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र

काठमान्डौ ,१२ असोज ।राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन भनेर पत्र पठाएको छ। आयोगले सोमबार प्रहरी

बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि अवरुद्ध, भोलि अपराह्नसम्म खुल्न सक्ने

काभ्रे , असोज १२ । लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ ।